back
CTIZAN AD

नगरभित्र एकैदिन विद्यालय व्यवस्थापन समिति गठनको अभ्यास

वि.सं.२०७७ माघ १० शनिवार

630 

shares

१० माघ, स्याङ्जा । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाका ७२ सामुदायिक विद्यालयमा शुक्रबार एकैदिन विद्यालय व्यवस्थापन समिति गठन गरेर नयाँ अभ्यासको थालनी गरिएको छ ।

सामुदायिक विद्यालयमा अनावश्यकरुपमा राजनीतिक हस्तक्षेप हुने, गैर अभिभावकको हस्तक्षेपका कारण समिति गठन प्रक्रियामा ढिलाइ र झण्झटिलो हुने लगायतका कारणले नगरभित्रका ७२ वटा सामुदायिक विद्यालयमा एकैदिन र एकै समयमा समिति गठन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए । “नगरभित्रका सबै सामुदायिक विद्यालयमा एकैदिन र एउटै समयमा विब्यस गठन गर्दा स्वतन्त्ररुपमा विना गुटबन्दी नेतृत्व प्राप्त हुने विश्वास लिएका छौँ”, उनले भने, “सामुदायिक विद्यालयमा बढ्दै गएको राजनीतिक हस्तक्षेप रोक्न तथा शैक्षिक गुणस्तर वृद्धि गर्न र वास्तविक प्रतिनिधित्वका लागि नयाँ अभ्यास थालेका हौँ ।” नगरपालिकाभित्रका ७२ जना कर्मचारीलाई विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी अभिमुखीकरणपश्चात् विद्यालयमा खटाइएको उनले बताए ।

एकैदिन एउटै समयमा विद्यालय व्यवस्थापन समिति गठन गर्दा राजनीतिक हस्तक्षेप हुन नपाउने, एउटै व्यक्ति फरक फरक विद्यालयमा नेतृत्वमा बस्न नपाउने भएकाले दोहोरोपनाका अन्त्य हुनुका साथै आगामी तीन वर्षपछि एकैपटक सबै विब्यसको पदावधि सकिने भएकाले पनि नगरपालिकाले नयाँ अभ्यासकोरुपमा अभियान अगाडि सारेको शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताए ।

नगरपालिकाले थालेको यो अभियान नेपालमै पहिलो अभ्यास भएको दाबी शिक्षा शाखा प्रमुख सापकोटाको छ । वालिङ नगरपालिकाभित्र माध्यमिक विद्यालय १६, निम्न माध्यमिक विद्यालय ९१–८० आठ र आधारभूत विद्यालय ४८ मा विब्यस गठन गरिएको शाखा प्रमुख सापकोटाले बताए ।

“नगरभित्रका चार÷पाँच विद्यालयमा विब्यस गठन हुन नसकेपछि सहमतिको प्रयास भइरहेको छ”, शाखा प्रमुख सापकोटाले भन्नुभयो, “बाँकी विद्यालयमा एकदुई दिनभित्रमा सहमतिका आधारमा नयाँ नेतृत्व प्राप्त हुनेछ ।” सामुदायिक विद्यालयमा जस्तै नगरभित्रका संस्थागत विद्यालयमा पनि यही प्रक्रियाअनुसार सञ्चालक समिति गठन गर्न सुझाव दिइएको शाखा प्रमुख सापकोटाले बताए । उनका अनुसार वालिङ नगरभित्र १५ संस्थागत विद्यालय छन् ।

वि.सं.२०७७ माघ १० शनिवार १३:१६ मा प्रकाशित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

लुम्बिनी । रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मङ्गलबार...

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

घोराही (दाङ) । दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको...

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

श्रीमञ्ज्याङ (दोर्दी) । लमजुङको दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्ज्याङ लामागाउँ प्रकृति,...