समीर आचार्य र अन्जु पन्तको आवाजमा गीत ‘झम्के माया’ सार्वजनिक भएको छ ।
स्वस्तिमा खड्का र राहुल शाहलाई फिचर्ड गरिएको म्युजिक भिडियोलाई एट के मोसन्सको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।
एक नारायण भण्डारीले गीतको शब्द कोरेका छन् । आशिस अभिरलको लय सिर्जना, संगीत संयोजन साथै मिक्स मास्टरिङ्ममा गीतलाई तयार पारिएको छ । पवन सुस्लिङले भिडियो दृश्य कैद र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । म्युजिक भिडियोको निर्देशन र कोरीयोग्राफी राहुल शाहकै रहेको छ ।
वि.सं.२०७७ माघ १० शनिवार १३:२४ मा प्रकाशित


























