back
CTIZAN AD

महाविर पुनको अभियानलाई सघाउन मलेसियामा सांस्कृतिक कार्यक्रम हुने

वि.सं.२०७३ माघ ८ शनिवार

894 

shares

banner-maleysia

राष्ट्रिय आविष्कार केन्द्रको अभियन्ता महाविर पुनको अभियानलाई सघाउन मलेसियामा सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।
नेपाल मगर संघ मलेसियाको आयोजनामा जनवरी २८ का दिन देवान हल पेनाङमा, जनवरी २९ मा Tj Mart   सेनाइ जोहोर र जनवरी २९ का दिन देवान हल शाह आलममा हुन लागेको उक्त सांस्कृतिक कार्यक्रममा नेपालबाट मलेसिया पुग्ने ख्याती प्राप्त कलाकार लगायत स्थानीय कलाकारको प्रस्तुति हुने नेपाल मगर संघ मलेसियाका अध्यक्ष नर बहादुर पुनले जनाउनु भएको छ ।
कार्यक्रममा आधुनिक गायक आल्मोडा राना उप्रेती, मयूर डान्सर कविराम थापा मगर, वरिष्ठ लोक दोहोरी गायक खड्क गर्बुजा, लोक दोहोरी गायिका शान्ति श्री परियार, डान्सरहरु ज्योती मगर, पुनम झेंडी मगर, जुनि थापा मगर, सुनिता राई, गायक मान राना, गायिका आशा गुरुङ, गायक दिल मस्राङ्गी मगर, इन्द्रा मगर, गायक विन्दु दर्लामी, गायिका बसन्ती थापा मगर, लोक गायक पदम राना मगर लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ ।
विभिन्न संघ संस्था तथा व्यक्तित्वहरुको सहयोग रहेको उक्त कार्यक्रममा विजयहिल एक्सपोर्ट इम्पोर्ट केएल, सोल्टी रेष्टुरेण्ट केएल, परदेशप् रेष्टुरेण्ट केएल, इन्द्रेणी रेष्टुरेण्ट शाहआलम, जम्काभेट रेष्टुरेण्ट शाहआलम रहेका छन् भने अन्य सहयोगी संस्थाहरुमा नेपाली आदिवासी जनजाति महासंघ, केएल, जनमुक्ति मञ्च मलेसिया, नेपाल आदिवासी जनजाति महासंघ जोहोर, सगुन सांस्कृति मञ्च जोहोर, लुम्बिनी सम्पर्क मञ्च, मलेसिया, संघीय लिम्वुवान समाज जोहोर, धिमाल सेवा समाज जोहोर लगायत रहेका छन् ।

त्यस्तै कार्यक्रमका लागि सम्पर्क गर्नुहुनका लागि
हटलाइन
नर बहादुर पुन ः ०१०३७७३९०४
मोहन राना ः ०१८३५२८४०१
जोहोर सम्पर्कका लागि
गोपाल राना ः ०१०९७०२३५७
हेम पुन ः ०१८७७४४२६४
मनि राई ः०१०२५८७७१९
याम बराल ः०१४३१०६८१
ब्ुद्ध खपाङ्गी ः ०१८७७५११०९२

वि.सं.२०७३ माघ ८ शनिवार १०:३६ मा प्रकाशित

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

ओस्लो, नर्वे । नेपाली पोर्चुगीज समाज नेपोस नर्वेको नियमित बैठक...

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...