back
CTIZAN AD

प्रधानमन्त्री ओलीले माघ २३ को दिन थप कदम चाल्नसक्ने, मन्त्री कृष्णगोपालले गरे यस्तो संकेत

वि.सं.२०७७ माघ १२ सोमवार

732 

shares

माघ १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाले आगामी माघ २३ गते राजधानीमा बृहत प्रदर्शनको कार्यक्रम तय गरेको छ । ओली पक्षको घोषणाअनुसार माघ २३ को प्रदर्शनमा २ लाख जना सहभागी हुनेछन् ।

यसअघि विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षले संसद विघटनविरुद्व गरेको प्रदर्शनका दिन माघ ९ गते प्रधानमन्त्री ओलीले माघ २३ मा बृहत प्रदर्शन गर्ने घोषणा गरेका थिए । जुन घोषणाअनुसार नै ओली पक्षले प्रदर्शनको तयारी गरेको हो ।

प्रदर्शनको दिनमा ओलीले नयाँ कदम चाल्न सक्ने

माघ २३ को प्रदर्शनबारे जानकारी दिन ओलीले पक्षले सोमबार पत्रकार सम्मेलन गरेको थियो । सम्मेलनमा बोल्दै ओली पक्षीय नेता एवं शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले आगामी माघ २३ गते प्रदर्शनको दिन ओलीले थप कदम चाल्न सक्ने संकेत गरेका छन् ।

उनका अनुसार उक्त कदम निकै गोप्य छ र महत्वपूर्णं पनि छ । जुन माघ २३ कै दिन सार्वजनिक हुनेछ ।

‘म मिडियामार्फत एउटा कुरा भन्न चाहन्छु, आजसम्मको स्थितिमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली जीले तपाईँहरुलाई व्यक्त नगरेको अत्यन्तै महत्वपूर्णं कुरा जो गोप्य छ, त्यो उहाँले माघ २३ गते भन्नुहुन्छ, जुन दिन कोही पनि घरमा रहनेछैनन् सबै सडकमा उत्रिनेछन्’, श्रेष्ठले भनेका छन् ।

ओलीले चाल्ने कदमहरु अप्रत्यासित रुपमा आउने गर्दछन् । राजनीतिक संकट चुलिएको बेला मन्त्रि श्रेष्ठले सार्वजनिक गरेको यस भनाईले थप सशंय बनाएको छ ।

वि.सं.२०७७ माघ १२ सोमवार १४:४० मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...