back
CTIZAN AD

चियुस आइसीसीको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०७३ माघ ९ आइतवार

1.1K 

shares

chitwan-samaj-icc-1
९ माघ, चितवन । शनिबार चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति (आइएसिसी) को तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभा नेपालका मुक्तिप्रसाद अधिकारीको सभापतित्वमा तथा जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी रामराज सुबेदीको प्रमुख आतिथ्यतामा होटल स्टार ब्यन्क्वेट प्रा।लि। भरतपुरमा भब्य रुपले सम्पन्न भएको थियो ।
सो कार्यक्रममा भष्ट्राचार बिरुद्धको अभियानका अध्यक्ष तथा पुर्वमाननीय भीमबहादुर श्रेष्ठ, नेपाल बारएसोसियसन चितवन शाखाका अध्यक्ष गोपीलाल देवकोटा, सिमा सुरक्षा प्रहरी बल आपटारिका प्रमुख प्रहरी उपरीक्षक श्याम कोइराला, पत्रकार महासंघ चितवन शाखाका सभापति तथा यस सस्थाका सल्लाहकार हरिप्रसाद पोखरेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका पमुख प्रहरी निरीक्षक सन्तोष पन्त, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका उप(कोषाध्यक्ष शालिकराम पौडेल, चितवन मानव सेवा आश्रम भरतपुर १२ कि अध्यक्ष ममता न्योपानेको विशिष्ट आतिथ्यता लगायत सस्थाको बिभिन्न आबद्ध देशबाट पाल्नुभएका पदाधिकारीहरु तथा प्रतिनिधि सदस्यहरु, बरिष्ठ समाजसेवीहरु, कलाकार, पत्रकार तथा सस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लगायतका बक्ताहरुले सस्थाको बारेमा खुलेर प्रसंशा गर्नुका साथै आ– आफ्नो ठाउबाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य सस्थाका सदस्य बिश्वनाथ सापकोटाज्युले गर्नुभएको थियो साथै सांगठनिक प्रतिबेदन र भाबी कार्ययोजना सस्थाका सचिव राजन घिमीरेबाट प्रस्तुत गरिएको थियो भने बार्षिक आय ब्याय प्रतिबेदन कोषाध्यक्ष सिता ढकालले प्रस्तुत गर्नुभएको थियो । सोहि कार्यक्रममा सस्थाका सल्लाहकार आरके शर्माबाट परोपकारी कोष स्थापनाको लागि रु १,००,००० आर्थिक सहयोग अध्यक्ष श्री मुक्तिप्रसाद अधिकारीलाई हस्तान्तरण गरिएको थियो । सस्थाका सहसचिव गणेश ढकालले संचालन गर्नुभएको कार्यक्रममा करिब ११० जना सदस्य तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको समापनको गर्दै सस्थाका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्ण उपस्थित महानुभावहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले सहयोग पुर्याउनु हुने सम्पूर्ण प्रति आभार व्यक्त गर्नुभएको थियो ।

वि.सं.२०७३ माघ ९ आइतवार ०२:५१ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...