back

स्वीजरल्याण्डमा २५ वर्षे नेपाली युवाको मृत्यु

वि.सं.२०७३ माघ ९ आइतवार

528 

shares
GLOBAL IME AD
NTC AD

tamang

जेनेभा । स्वीजरल्याण्डमा एक नेपाली युवाको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वसदस्य दुर्गा बहादुर तामाङका छोरा २५ वर्षीय सुर्यविर तामाङको मृत्यु भएको हो ।
बक्सिङ खेलाडी समेत रहेका तामाङलाई १७ जनवरीका दिन सामान्य छाति दुख्यो भनेपछि जेनेभास्थित स्थानीय अस्पताल लगेको भएपनि डाक्टरहरुले हृदयघातका कारण मृत्यु भएको घोषणा गरेका थिए ।
अस्पताल पुगेर सुइ लगाएर केहिबेर आराम गर्न भनेर सुताइएका तामाङको केही घण्टामै मृत्यु भएको थियो । डाक्टरले हृदयघात भनेपनि सामान्य डिप्रेसनका पिडित सूर्यको नशाबाट दिइएको औषधिको रिएक्शनका कारण निधन भएको बताइएको छ ।
बाबु दुर्गा तामांगले स्थानीय महान्याधिबक्ता र प्रहरीमा उजुरी गरेका छन । उजुरीपछि मृत शरीरको पोस्टमार्टम गरेलगत्तै परिवारले शनिबार शव बुझेर बौद्ध परम्परा अनुसार दाहसंस्कार गरेको छ ।
दाहसंस्कारका क्रममा तामाङका कलेज र खेल संस्थाका १५० जना स्विस साथीहरु, जेनेभा, जुरीक र बासेल बस्ने नेपालीहरुको बाक्लो उपस्थिति रहेको अन्तिम बिदाइको धार्मिक कर्म सोनाम लामाले गरेका थिए ।
तीन हप्तामा पोस्टमार्टम रिपोर्ट आएपछि कानूनी रुपमा प्रक्रिया अगाडी बढाइने कुरा पिता दुर्गा बहादुर तामांगले बताएका छन। केहि बर्ष अघि डाक्टरको लापरबाहीले जेनेभामा बस्ने नेपाली बृद्धले पनि एउटा आँखाको ज्योति गुमाउनु परेको थियो ।

वि.सं.२०७३ माघ ९ आइतवार ०३:०९ मा प्रकाशित

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेलाई विशेष सम्मान प्राप्त भएको...

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...