back
CTIZAN AD

स्वीजरल्याण्डमा २५ वर्षे नेपाली युवाको मृत्यु

वि.सं.२०७३ माघ ९ आइतवार

1K 

shares

tamang

जेनेभा । स्वीजरल्याण्डमा एक नेपाली युवाको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वसदस्य दुर्गा बहादुर तामाङका छोरा २५ वर्षीय सुर्यविर तामाङको मृत्यु भएको हो ।
बक्सिङ खेलाडी समेत रहेका तामाङलाई १७ जनवरीका दिन सामान्य छाति दुख्यो भनेपछि जेनेभास्थित स्थानीय अस्पताल लगेको भएपनि डाक्टरहरुले हृदयघातका कारण मृत्यु भएको घोषणा गरेका थिए ।
अस्पताल पुगेर सुइ लगाएर केहिबेर आराम गर्न भनेर सुताइएका तामाङको केही घण्टामै मृत्यु भएको थियो । डाक्टरले हृदयघात भनेपनि सामान्य डिप्रेसनका पिडित सूर्यको नशाबाट दिइएको औषधिको रिएक्शनका कारण निधन भएको बताइएको छ ।
बाबु दुर्गा तामांगले स्थानीय महान्याधिबक्ता र प्रहरीमा उजुरी गरेका छन । उजुरीपछि मृत शरीरको पोस्टमार्टम गरेलगत्तै परिवारले शनिबार शव बुझेर बौद्ध परम्परा अनुसार दाहसंस्कार गरेको छ ।
दाहसंस्कारका क्रममा तामाङका कलेज र खेल संस्थाका १५० जना स्विस साथीहरु, जेनेभा, जुरीक र बासेल बस्ने नेपालीहरुको बाक्लो उपस्थिति रहेको अन्तिम बिदाइको धार्मिक कर्म सोनाम लामाले गरेका थिए ।
तीन हप्तामा पोस्टमार्टम रिपोर्ट आएपछि कानूनी रुपमा प्रक्रिया अगाडी बढाइने कुरा पिता दुर्गा बहादुर तामांगले बताएका छन। केहि बर्ष अघि डाक्टरको लापरबाहीले जेनेभामा बस्ने नेपाली बृद्धले पनि एउटा आँखाको ज्योति गुमाउनु परेको थियो ।

वि.सं.२०७३ माघ ९ आइतवार ०३:०९ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...