१६ माघ, काठमाडौं । एनएबि बैंकले शुक्रबारदेखि बल्खु तरकारी बजारबाट क्विक रिस्पोन्स (क्यूआर) कोडबाट भुक्तानी सेवा शुरु गरेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोडको शुरुवात गरेका हुन ।
गभर्नर महाप्रसाद अधिकारीले क्विक रिस्पोन्स (क्यूआर) कोड मार्फत हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गरिने धारणा व्यक्त गरेका छन । बल्खु तरकारी बजारमा क्यूआर कोडबाट हुने भुक्तानी कारोबारको कार्यक्रमका बीच शुभारम्भ गर्दै गभर्नर अधिकारीले यस्तो धारणा व्यक्त गरेका थिए । बैंकका तर्फबाट बैंकका अध्यक्ष पवन गोल्यान, प्रमुख कार्यकार अधिकृत सुनिल केसी लगायतका बैंकका कर्मचारीहरु उपस्थित रहेका थिए ।
वि.सं.२०७७ माघ १६ शुक्रवार १०:५८ मा प्रकाशित





























