back
CTIZAN AD

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड, कति आवदेन दिनेलाई कति पर्यो ?

वि.सं.२०७७ माघ १६ शुक्रवार

639 

shares

माघ १६, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ)को बाँडफाँड भएको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटले शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो ।

एनआइबीएल एस क्यापिटलले जनाएअनुसार आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८० योग्य भएका छन् । ६ हजार २७६ वटा आवेदन रद्द भएका छन् । क्यापिटलका अनुसार योग्य आवेदकहरु सबैले शेयर पाएका छन् ।

कति आवेदन गर्नेलाई कति पर्यो ?

एनआईविएल एस क्यापिटका अनुसार ५० कित्तासम्म माग गर्नेलेमागअनुसार नै सेयर पाएका छन् ।

आवेदन गर्ने सबैलाई ५० कित्तासम्म बाँडफाँड गरी बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ५० कित्ताभन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरकाले बाँडफाँड भएको जनाइएको छ । जसअनुसार धेरैले अधिकतम ६० कित्तासम्म सेयर पाएका छन् ।

बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

जसमध्ये ०।२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो ।

सम्बन्धित समाचार

इन्फ्रास्ट्रक्चर बैंकको शेयर यहि साताभित्रै बाँडफाँड हुने, आवेदन कर्ताले कतिसम्म पाउलान् ?

वि.सं.२०७७ माघ १६ शुक्रवार ११:०७ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...