back
CTIZAN AD

ओमानमा रहेका नेपालीलाई साबधानी अपनाउन दूतावासको आग्रह

वि.सं.२०७७ माघ १६ शुक्रवार

762 

shares

१६ माघ, ओमान । ओमानस्थित नेपाली दूतावासले ओमानमा कार्यरत नेपालीहरुलाई सावधानी अपनाउन अनुरोध गरेको छ ।

कोरोना महामारी नियन्त्रणमा नआइसकेको अवस्थामा नयाँ प्रकारको भाइरसको संक्रमण तिब्ररुपमा फैलिरहेको अनुसन्धानले देखाएको हुनाले यसको संक्रमणको जोखिमबाट बच्न सबै नेपालीलाई साबधानी अपनाउन दूतावासले अनुरोध गरेको हो ।

ओमानमा कोरोनाभाइरसको अनुगमन÷मूल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको २७ जनवरी २०२१ को निर्णयानुसार ओमानमा कोरोना भाइरसको संक्रमणबाट जोगिन थप सतर्कता अपनाउने सम्बन्धी केही निर्देशनहरू जारी गरेको पनि दूतावासद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

‘जसअन्तर्गत सामुहिकरूपमा भेला हुने तथा सामाजिक कार्यहरूमा जमघट हुने कार्यमा पूर्णरूपमा प्रतिबन्ध लगाईएको छ,’ दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘अतः नेपाली दूतावास ओमान यहाँ रहनुहुने नेपाली दाजुभाई तथा दिदिबहिनीहरूलाई पर्याप्त मात्रामा सामाजिक दूरी कायम गर्न एवम् यस भाइरसको संक्रमणबाट जोगिन रोकथामका सम्पूर्ण उपायहरू अवलम्बन गर्न अपिल गर्दछ ।’

यस सम्बन्धमा थप केही बुझ्न परेमा दूतावासको सम्पर्क नं 24696177/24696883 वा दूतावासको हटलाईन 71592490 मा सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

No photo description available.

वि.सं.२०७७ माघ १६ शुक्रवार १४:५० मा प्रकाशित

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...