back
CTIZAN AD

महासचिव गुटेर्रेसले लगाए कोरोना विरुद्धको खोप

वि.सं.२०७७ माघ १६ शुक्रवार

660 

shares

१६ माघ, न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार कोरोना भाइरसविरुद्ध खोपको पहिलो डोज लगाएका छन् । संयुक्तराष्ट्रको आधिकारिक वेबसाइटमा प्रकाशित एक रिपोर्टले सो कुराको जानकारी दिएको छ ।

गुटेर्रेसले आफ्नो ट्वीटरमार्फत आफू भाग्यशाली र कृतज्ञ भएको बताउँदै सो कुराको जानकारी गराएका छन् । साथै उनले अन्तर्राष्ट्रिय समुदायलाई यो पनि खोप सबैको लागि यथोचित रुपमा उपलब्ध गराउनका लागि सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

“यस महामारीबाट हामी कोही पनि सुरक्षित छैनौं, त्यसैले हामीले विश्वका जति देशलाई यो महामारीले सताएको छ त्यहाँ यो खोप पुगोस भनी कामना गर्दछौँ– गुटेर्रेसले लेखेका छन् । उमेरका आधारमा खोप लिन आफू योग्य भएको पनि ७१ वर्षीय गुटेर्रेसले बताएका छन् । न्युयोर्कका ६५ वर्षभन्दा माथिका बासिन्दाहरूलाई यो खोपको पहिलो चरणमा समावेश गरिएको छ ।

यस खोप अभियानमा विद्यालयका कर्मचारीहरु पनि समावेश भएका छन् । प्रतिक्रियाकर्ताहरू, सार्वजनिक ट्रान्जिट काम गर्नेहरू र किराना पसलमा काम गर्ने कामदारहरू पनि यो खोप अभियानमा समावेश गरिएको रिपोर्टले जनाएको छ ।

उनले गत महिनामात्र यो खोप आफूले पनि लिने भनी घोषणा गरेका थिए । बृद्धबृद्धाहरुका लागि खोप झन् असुरक्षित हुन्छ कि भन्ने त्रास रहेकोले उनले आफूले खोप लिने घोषणा गरेका हुन् । एएफपी

वि.सं.२०७७ माघ १६ शुक्रवार १७:१४ मा प्रकाशित

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा...

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता...