back

महासचिव गुटेर्रेसले लगाए कोरोना विरुद्धको खोप

वि.सं.२०७७ माघ १६ शुक्रवार

141 

shares
RBB AD
NTC AD

१६ माघ, न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार कोरोना भाइरसविरुद्ध खोपको पहिलो डोज लगाएका छन् । संयुक्तराष्ट्रको आधिकारिक वेबसाइटमा प्रकाशित एक रिपोर्टले सो कुराको जानकारी दिएको छ ।

गुटेर्रेसले आफ्नो ट्वीटरमार्फत आफू भाग्यशाली र कृतज्ञ भएको बताउँदै सो कुराको जानकारी गराएका छन् । साथै उनले अन्तर्राष्ट्रिय समुदायलाई यो पनि खोप सबैको लागि यथोचित रुपमा उपलब्ध गराउनका लागि सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

“यस महामारीबाट हामी कोही पनि सुरक्षित छैनौं, त्यसैले हामीले विश्वका जति देशलाई यो महामारीले सताएको छ त्यहाँ यो खोप पुगोस भनी कामना गर्दछौँ– गुटेर्रेसले लेखेका छन् । उमेरका आधारमा खोप लिन आफू योग्य भएको पनि ७१ वर्षीय गुटेर्रेसले बताएका छन् । न्युयोर्कका ६५ वर्षभन्दा माथिका बासिन्दाहरूलाई यो खोपको पहिलो चरणमा समावेश गरिएको छ ।

यस खोप अभियानमा विद्यालयका कर्मचारीहरु पनि समावेश भएका छन् । प्रतिक्रियाकर्ताहरू, सार्वजनिक ट्रान्जिट काम गर्नेहरू र किराना पसलमा काम गर्ने कामदारहरू पनि यो खोप अभियानमा समावेश गरिएको रिपोर्टले जनाएको छ ।

उनले गत महिनामात्र यो खोप आफूले पनि लिने भनी घोषणा गरेका थिए । बृद्धबृद्धाहरुका लागि खोप झन् असुरक्षित हुन्छ कि भन्ने त्रास रहेकोले उनले आफूले खोप लिने घोषणा गरेका हुन् । एएफपी

वि.सं.२०७७ माघ १६ शुक्रवार १७:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चीन र अमेरिका ‘प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छ’-सी

चीन र अमेरिका ‘प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छ’-सी

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल । सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

वासिङ्टन । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ...

फिलिपिन्समा चरम गर्मीका कारण छ को मृत्यु

फिलिपिन्समा चरम गर्मीका कारण छ को मृत्यु

मनिला । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो

क्यानबेरा । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा...

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

जिउक्वान (चीन) । सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा...