back
CTIZAN AD

स्याङ्जा काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा ऋषिराम कंडेल चयन

वि.सं.२०७७ माघ १६ शुक्रवार

861 

shares

काठमाडौं । स्याङ्जा काठमाडौं सम्पर्क मञ्चको संयोजकमा ऋषिराम कंडेल चयन भएकाछन् । स्याङ्जा काठमाडौं सम्पर्क मञ्चको विशेष कार्यदलले आज शुक्रबार आयोजना गरेको बृहत भेलाले कंडेललाई पुनः निर्वाचित गरेको हो ।

काठमाडौंको मेगा पार्टी प्यालेसमा भएको भेलामा प्रमुख अतिथिको रुपमा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल र विशेष अतिथिको रुपमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य महेश बस्नेतले शुभकामना मन्त्व्य राखेका थिए । त्यस्तै अतिथिको रुपमा पार्टी केन्द्रिय सदस्य तथा स्याङ्जा जिल्लाका अध्यक्ष सुर्यप्रसाद गैरे ‘पारस’, पार्टी केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका सदस्य मिनप्रसाद गुरुङ, पार्टी केन्द्रिय सदस्य तथा आँधिखोला गाउँपालिकाका अध्यक्ष सुधिर पौडेल र पार्टी केन्द्रिय सदस्य किशोरबिक्रम मल्ल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्पर्क मञ्चको भेलाले ऋषिराम कंडेलको संयोजकत्वमा १ सय ५१ सदस्यीय सम्मेलन आयोजक कमिटिको निर्माण गरेको छ । नवनिर्वाचित कमिटिलाई कार्यक्रमका विशेष अतिथि महेश बस्नेतले सपथ ग्रहण गराएको मञ्चका नवनिर्वाचित केन्द्रिय आयोजक कमिटी सदस्य शिवु रानाले सन्सारन्युजलाई बताए ।

मन्चको भेला ॠषिराम कंडेलको अध्यक्षता र सन्तकुमार गिरिको सन्चालनमा सप्पन्न भएको थियो ।

वि.सं.२०७७ माघ १६ शुक्रवार १८:३३ मा प्रकाशित

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...