माघ १६, काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परे संसद बैठक बस्न सक्ने बताएका छन् । आफुँ पक्षीय नेकपाको बिराटनगरमा आयोजित आमशभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनका अनुसार संविधानले ओलीलाई संसद विघटनको अधिकार दिएको छैन् तर सभामुखलाई संसद बोलाउने अधिकार दिएको छ ।
‘जरुरी पर्यो भने हामी संसदको बैठक बस्छौं र यस्ता अपराधीलाई कारबाही गर्छौैं’, प्रचण्डले भने, ‘संविधानले दिएको अधिकारको प्रयोग गरेर केपी ओलीले गरेको असंवैधानिक र अलोकतान्त्रिक कदमको सच्याउनको लागि सभामुखले बैठकको आयोजना गर्ने, हामी उपस्थित हुने र केपीलाई कारबाही गर्नेसम्म जान सकिन्छ ।’
याे पनि…
न्याय चाहियो भन्दै प्रचण्डले भने – के निसन्तान नहुनु मेरो दोष हो ?
उनले आफुँहरु सर्वोच्च अदालतको फैसलालाई पर्खाईमा रहेको बताए । उनले भने, ‘अहिले संसद विघटनको मुद्दा सर्वोच्चमा छ, हामी धैर्यतापूर्वक सर्वोच्चले पक्कै पनि संविधानको भावना र मर्मअनुसार, लोकतन्त्रको मर्म र भावनाअनुसार र यो देशका जनताको भावना र आवश्यकताअनुसार गर्छ भनेर भरोसा गरेर बसेका छौं ।’
ओलीले संसद विघटनको निर्णय गर्दै गर्दा आफुँले सांसदहरुलाई जिउँदै रहेको ठान्न आग्रह गरेको सुनाए ।
वि.सं.२०७७ माघ १६ शुक्रवार १८:३६ मा प्रकाशित






























