
गणतन्त्रको छत्रछायामा
गाँउठाँउ नितान्त नयाँ छ
तलमाथि जता पनि अंशवन्डा दयामाया छ
टोलैपिच्छे काम र मुकाम
मान्छे नै पिच्छेको दाम छ
सायद जन अभिमतले गरेको कदरस्वरूप
नयाँ भत्ता नयाँ तलबमान छ
तोकिरहेछ हरेक टोलले आफ्नो सरोकार
आफ्नै दरकार आफ्नै भलो आफ्नै उपकार
गर्ने कसले यसको चिरफार ?
कसैले पछौटे पनको सूचीबाट हटाएछ उसको नाम
उपल्लो कित्तामा उठाएकै छ शान
तर ठान्दैन बर्तमानले भोगाउदै छ अपमान ।
कोहीमा आपसी विद्वेष फैलाउने
बढेको छ अभीप्सा चढेको छ अभिमान
कसैले आफूभित्रको मनुष्यत्व धुल्याएर
वर्तमान धमिल्याउन अझ गरिरहेछ फरमान ।
हालः लोकन्थली, भक्तपुर
९८४२०९९८३१
वि.सं.२०७७ माघ १७ शनिवार ०६:३८ मा प्रकाशित






























