
उनीहरु भन्दै थिए
समाजवाद-जिन्दाबाद !
म भन्दै थिए नवउदारवाद-जिन्दावाद !
फरक किन ?अर्कोले सोध्यो
मैले भने नवउदारवाद मलाई फापेकोछ
शिक्षा,स्वास्थ सबै तिर मेरो लगानी छ
उनीहरु भन्दै थिए निरङकुशतन्त्र मुर्दाबाद
दलालपुंजीबाद मुर्दाबाद
फेरि सोध्यो अर्कोले किन मौन ? भनेर
म भने पार्टनरसिपमा काम गर्दै थिए,
उनीहरू भन्दै थिए प्रतिगमन-मुर्दावाद
असंवैधानिक कदम-मुर्दावाद
फेरि अर्कोले सोध्यो मौन किन ?
मैले भने म सत्तापक्षको हुं
फैसला आउन्जेल मौन रहन्छु
उनीहरु भन्दै थिए नाताबाद,गुटबाद -मुर्दाबाद
फेरि अर्काेले सोध्यो किन मौन ? भनेर
म भने राजनीतिक नियुक्तिमा काम गर्दै थिए
त्यसैले म मौन भएकोछु ।
वि.सं.२०७७ माघ १७ शनिवार ०६:४० मा प्रकाशित






























