back
CTIZAN AD

हाइकु

वि.सं.२०७७ माघ १७ शनिवार

1K 

shares

१) भुइँको धुलो
गुलियो आश्वासन
बल्दैन चुलो

२) तारा खसेको
आँखामा आँखा जुध्दा
माया बसेको

३) जुनेली रात
बारम्बार सम्झना
ती मीठा बात

४) हँसी मजाक
उडाउन माहिर
खल नायक

५) रातो बाकस
सँगसँगै जिउने
सकियो आस

६) मैलो धुनु छ
एकान्तमा बसेर
एक्लै रुनु छ

७) साना कमिला
अथक परिश्रमी
सा¥है बलिया

८) स्याल करायो
सांसद बेखबर
ऐन हरायो

९) बयल गाडा
चन्द्रमा पुग्ने लक्ष्य
भाषण छाडा

१०) मान्छे अज्ञानी
पानीमाथि ओभानो
घटिया बानी

 

वि.सं.२०७७ माघ १७ शनिवार ०६:४२ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...