
ए समय पर्खिन केही दिन,किन हतार गर्छस् ?
निहार्न दे यो धर्तीलाई, किन अहंकार गर्छस् ?
निर्दयी छस् बुझेँ पर्वाह गर्दैनस् तँ कसैको पनि
अधुरै छ्न मेरा सपना किन कुल्चिएर पार गर्छस् ?
गरीबीको कुरुक्षेत्रमा एक्लो अभिमन्यु बन्नु पर्दा
पापी दुर्योधन बनिदिन्छस् खै के बिचार गर्छस् ?
नजन्मिनु जन्मिए केही गर्नुछ बाआमाको लागि
किन उहाँहरुको सपनामा प्रहार बारबार गर्छस् ?
कसुर कहाँ कति हुन्छ सफलताको रफ्तारमा
सबैको जित हुन्छ मेरो जितको संहार गर्छस् ?
वि.सं.२०७७ माघ १७ शनिवार ०६:४४ मा प्रकाशित






























