१८ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले १० करोड ४८ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकको उपदान तथा पेन्सन जस्ता विभिन्न कोषमा रहेको रकम २०७७ फागुन २ गतेदेखि २०७८ फागुन १ गते सम्म (३६५ दिन) का लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
बैंकले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ८ करोड ३९ लाख रुपैयाँ, विकास बैंकमा १ करोड ५७ लाख रुपैयाँ र वित्त कम्पनीहरूमा ५२ लाख रुपैयाँ लगानी गर्न लागेको एक सूचनामार्फत जानकारी दिएको छ ।
राष्ट्र बैंकले तोकेको सीमाभित्र रही बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई माघ २० गते दिउँसो २ बजेभित्र आवेदन पेश गर्न अनुरोध गरेको छ ।
यस्तो छ बैंकले प्रकाशन गरेको सूचना :
वि.सं.२०७७ माघ १८ आइतवार १०:५७ मा प्रकाशित





























