माघ १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राम्रा कुराभन्दा प्रायः मिथ्या कुरा गरेर चर्चामा आउँछन् । उनले मिथ्यांकलाई तथ्यांकलाई बनाएर सार्वजनिक गर्दा मानिसहरु बेला–बेलामा अलमलसमेत पर्ने गर्दछन् ।
पछिल्लो समय कोरोना खोपबारे ओलीले उसैगरि जनतालाई भ्रमित पार्ने काम गरेका छन् । गत माघ १४ मा बालुवाटारबाट तीन महिनामै सबै नेपाललाई कोरोना खोप लगाउने उद्घोष गरेका ओलीले ७२ घण्टाभित्रै बोली फेर्दै अर्को मिति सुनाएका छन् ।
शनिबार चितवनमा आफुँ पक्षीय आमसभाका क्रममा ओलीले आगामी २०२१ को अन्तिमसम्म नेपालबाट कोरोना भगाईदिने उद्घोष गरे । उनले यसअघि तीन महिनाभित्रै सबै नेपालीलाई कोरोनाको खोप लगाई सक्ने भनि दिएको अभिव्यक्तिलाई सच्याउँदै तीन महिनाभित्र फ्रन्ट लाईनका सबैलाई लगाईसक्ने बताए ।
‘अहिले नेपालमा खोप लगाउने क्रम बढिरेहको छ, मैंले भनेको छु, एकदमै फोरफ्रन्टमा रहेर काम गर्नेहरुलाई तीन महिनाभित्र हामी कोरोना खोप दिलाउने छौं, बाँकी जनतालाई सन् २०२१ भित्र खोप गाईसकेर कोभिड–१९ लाई हामी नेपालबाट भगाउनेछौं’, उनले भनेका थिए ।
रोचक विषय, अर्को खेपको खोपको आउने नै टुंगो छैन्
ओलीले तीन महिनाभित्रै सबै नेपालीलाई कोरोना खोप लगाउने भनि गरेको उद्घोषलाई ओली पक्षीय साईबर सेनाले निकै प्रचार गर्यो । तर, भारतले अनुदान स्वरुप दिएको १० लाख डोज कोरोना खोप पछि अर्को खोप कहाँबाट ल्याउने वा पाउने भने टुंगो नभएकाे जानकारहरुको भनाई छ ।
गत माघ १४ गते कोरोना भाइरसविरुद्वको खोप अभियान सुरुवात गर्दैै गर्दा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले पनि अर्को खेपको खोप कहिले आउँछ टुंगो नभएको बताएका थिए । उनले प्रधानमन्त्रीको आश्वासन पछि भाषा मिलाएर खोप ल्याउने आधार भएको तर, अहिल्यै खुलाउन नमिल्ने बताएका थिए ।
जानकारअनुसार विश्व स्वास्थ्य संगठनलगायतका अन्तराष्ट्रिय संस्थाहरुले नेपालजस्ता गरिब मुलुकहरुलाई दिने भनेको खोप कहिले र कति संख्यामा आउँछ निश्चित छैन् । साथै नेपालले खोप किन्न अर्को कुनै कम्पनीसँग सहमतीको त कुरा परै जाओस प्रस्तावसम्म पठाएको छैन् ।
एक अन्तराष्टि संस्था द इकोनोमिस्ट गुप्रको अध्ययनमा पनि नेपालजस्ता देशमा कोरोना खोप उपलब्ध हुन कम्तिमा २०२३ सम्म कुनुपर्ने हुन्छ ।
वि.सं.२०७७ माघ १८ आइतवार १३:३१ मा प्रकाशित






























