१९ माघ, काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै ३३ जनाबाट ९० लाख भन्दा बढी रकम उठाएको अभियोगमा पर्वतका ३८ वर्षीय धिरज विश्वकर्मा पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका–३० शिसुवा बस्ने पर्वत मोदी गाउँपालिका–७ का ३८ वर्षीय धिरज कुमार बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
बिश्वकर्माले आफू विगत लामो समयदेखि विदेशमा बसेको र युरोप, क्यानडा, अमेरिका लगायतका देशहरुमा धेरै मानिसहरु रोजगारको लागि पठाईसकेको भन्ने बिश्वास दिलाई कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लगायत जिल्लाका ३३ जनालाई क्यानडा पठाईदिन्छु भनि नगद ९० लाख ७१ हजार ५ सय रुपैयाँ लिएको र उनीहरूलाई बिश्वासमा पार्न बिभिन्न सहकारी संस्था र बिकास बैंकहरुको चेक समेत दिएको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।
बिश्वकर्मा उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
वि.सं.२०७७ माघ १८ आइतवार १३:१९ मा प्रकाशित






























