back
CTIZAN AD

कालीकोटका बाढीपहिरो पीडितको बिचल्ली

वि.सं.२०७७ माघ १८ आइतवार

582 

shares

१८ माघ, मान्म । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका बाढीपीडितले जाडोमा मौसम त्रिपालमा बिताउँदै आएका छन् । गत असार १३ गते आएको बाढीपहिराबाट विस्थापित भएका गाउँपालिका वडा नं ४, ५ र ७ का २०६ घरपरिवार अहिले जङ्गलको बीचमा त्रिपाल टाँगेर बसोबास गर्दै आएका छन् ।

बाढीपहिरोका कारणले घरबारबिहीन भएका २०६ घरपरिवारका एक हजार १२८ अहिले पनि जङ्गलको बीचमा बस्नु पर्दा उनीहरुलाई खान र बस्नमा कठिनाई रहेको वडा नं ७ का धनबहादुर बटालाले बताए ।

चिसो मौसममा त्रिपाल टाँगेर जङ्गलमा नै बस्दा बालबच्चा र बुढाबुढीलाई अझ बढी समस्या रहेको वडा नं ४ का नवराज बुढाले जानकारी दिए । ‘‘चिसो मौसममा जङ्गलको बीचमा बस्दा समस्या भएको छ ।’’

बाढीपहिरोका कारणले विस्थापित भएलाई पुनःस्थापनामा कसैले ध्यान नदिएको स्थानीयवासी धनसरा बुढाले बताए । “हामी बिचल्ली भएर जङ्गलको बीचमा बस्दै आएका छौं” उनले भने, “तर, पनि पुनःस्थापना र बस्ती बसाल्ने कुरामा कसैले ध्यान दिएको छैन् ।”

गाउँपालिका बाढीपीडितको घर रहेको गाउँ नै जोखिममा रहेको कारणले सम्भावित बस्ती बसाल्नका लागि प्रारम्भिक अध्यायन गरिएको जिल्ला नापी कार्यालयका अमिन पुनम विश्वकर्माले बताए । ‘‘बस्ती बसाल्नका लागि हामीले जग्गाका अवस्थाका विषयमा प्रारम्भिक अध्यायन गरेका छौँ’’ उनले भने ।

अहिले बाढीपीडित बसिरहेको क्षेत्र जङ्गल रहेको त्यहाँ बस्ती बसाल्ने हो भने ठूलो मात्रामा जङ्गल फँडानी गर्नुपर्ने अवस्था रहेको अमिन विश्वकर्माले बताए । ‘‘पूरै बस्ती बसाल्नका लागि ८३ हजार ५२० वर्गमिटर अर्थात ८.३५२० हेक्टर जमीन आवश्यक पर्छ ।’’

बाढीपीडितलाई शुरुको अवस्थामा केही राहत दिइएको र अहिले बस्ती बसाल्नका लागि पहल थालिएको गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले जानकारी दिइन् । ‘‘बस्ती बसाल्न आवास निर्माणका लागि सङ्घ, र प्रदेश सरकारसँग आग्रह गरिएको छ’’ उनले भनिन् ।

प्रदेश सरकारले बस्ती निर्माणका लागि रु एक करोड ७० लाख दिने भने पनि अहिलेसम्म रकम नआएको उनले बताइन् । उनले भनिन्,“सङ्घीय सरकारले दिने भनेको राहत पनि आएको छैन ।” बाढीपहिरोका कारण गाउँपालिकामा १६ जनाले ज्यान गुमाएका थिए भने २०६ घरपरिवार विस्थापित भएका छन् ।
रासस

वि.सं.२०७७ माघ १८ आइतवार १३:११ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...