१९ माघ, कतार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले चोरबाटोबाट नेपालमा भित्राइएको संघीयता नेपाली जनताले खारेज गरेरै छाड्ने बताएका छन् ।
कतार नेपाली एकता समाज केन्द्रीय समितिद्वारा आयोजित भिडियो कन्फेरेन्स कार्यक्रममा अध्यक्ष केसीले २०६२\६३ को जनआन्दोलनको माग संघीयता नभएको बताउँदै नेपाललाई कसरी कमजोर बनाउन सकिन्छ भन्ने विदेशी शक्तिको चलखेल चलिरहेका बेला अध्ययनै नगरी संसदबाट पास गराइएको बताए ।
‘जबकि यो कुन प्रणाली हो भन्ने दलहरुलाइ नै जानकार थिएन तर राष्ट्रिय जनमोर्चाले यो प्रणाली नेपालमा लागू हुन सक्तैन र भबिस्यमा यो प्रणाली रहिरहे देशै समेत खारेज हुन सक्ने भएकोले संघियताको बिरुद्धमा बिरोधसभा कार्यक्रम गर्दै आएको छ । सम्बोधनका क्रममा उनले भने, ‘अहिले यो सत्य साबित हुँदै गएको र अब यो मुलुकमा संघियता नेपाली जनताले खारिज गरि छाड्ने छन् ।’
गणतन्त्र राष्ट्रियता धर्मनिरपेक्षताको रक्षा संघीयता र भष्ट्राचारबिरुद्ध संघर्ष गरौ, प्रतिनिधिसभा बिघटन गर्ने असंवैधानिक कदमको विरुद्धमा भन्ने मूल नाराका साथ २९ जनवरीका दिन आयोजना गरिएको उक्त कार्यक्रममा समाजका अध्यक्ष बिष्णु थापाको अध्यक्षता, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीको प्रमुख आतिथ्यता, महासचिव खिम बुढा मगरको सन्चालन रहेको थियो ।
त्यस्तै अखिल नेपाल महिला संघकी केन्द्रीय कोषाध्यक्ष रितु के.सि अन्तराष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुन मगर साउदी अरेबिया नेपाली एकता समाजका अध्यक्ष राजकुमार धिताल क.ने.ए.स कोषाध्यक्ष लक्ष्मण कोइराला, के.स हुमाकान्त आचार्य के.स कमल आचार्य, बुद्धिजीवी विभाग हरिप्रसाद शर्मा, के.स सचिव रामप्रसाद पराजुली, युगदर्शन शाप्ताहिकका उद्दव मगर, रक्तिम सास्कृतिक बिभाग दिल बहादुर बि.क, सनैया सि एरिया समिति अध्यक्ष भुपेन्द्र चन्द, अलखोर एरिया दिनेश भन्डारी अतिथि रहेका थिए ।
समाजका केन्द्रीय सचिब रामप्रसाद पराजुलीको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रममा महासचिव लुमाकान्त पुन मगर, केन्द्रीय सदस्यहरु कमल आचार्य, लक्षमण कोईराला, हुमाकान्त आचार्य, साउदी अरबिया नेपाली एकता समाजका राजकुमार धिताल, युगदर्शन प्रभास सम्पादक उद्घाव मगरले मन्तब्य राखेका थिए ।
वि.सं.२०७७ माघ १८ आइतवार १३:०५ मा प्रकाशित






























