माघ १८, काठमाडौं । संसद विघटनविरुद्व विभाजित नेकपाको प्रचण्ड–नेपाल समुहले आयोजना गरेको साताव्यापी धर्ना कार्यक्रममा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहभागी भएका छन् ।
आइतबारको धर्नामा पार्टी अध्यक्षद्वय प्रचण्ड र नेपालसहित पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, पम्फा भुसाललगायतका नेता सहभागी छन् ।
याे पनि…
संसद विघटनविरुद्व प्रचण्ड–नेपाल पक्षले गत माघ १४ देखि माइतीघरमा साताव्यापी धर्ना कार्यक्रम गरिरहेको छ । साताव्यापी धर्ना कार्यक्रममा प्रतिनिधि सभाका सदस्यसँगै राष्ट्रिय सभा, प्रदेश सभा र संविधान सभाका सदस्यहरू सहभागी हुँदै आएका छन्।
प्रचण्ड–नेपाल उपत्यका बाहिरको कार्यक्रमबाट फर्किए लगत्तै धर्ना कार्यक्रममा सहभागी भएका हुन् । प्रचण्ड–नेपाल समुहले गत बिहिबार बुटवल, शुक्रबार बिराटनगर र शनिबार धनगढीमा आमसभा गरेको थियो । जहाँ दुवै अध्यक्ष सहभागी भएका थिए ।
वि.सं.२०७७ माघ १८ आइतवार १२:४९ मा प्रकाशित






























