back
CTIZAN AD

पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोकी छोरीले गरिन् युएईका विजनेश म्यानसँग विवाह

वि.सं.२०७७ माघ १८ आइतवार

972 

shares

पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टो र पूर्व राष्ट्रपति आशिफ अलि जरदारीकी छोरी बख्तावरले युएइका विजनेशम्यान सँग विवाह गरेकी छन् ।
समाचार ऐजेन्सीका अनुसार कोरोना भाइरसको संक्रमणबाट बच्ने सबै सुरक्षा विधि अपनाउँदै विवाह समारोहको आयोजना गरिएको बताइएको छ ।

युइएका विजनेश म्यान महमूद चौधरीसँग शुक्रबार विवाह बन्धनमा बाँधिएकी बख्तावरका भाइ विलावलले विवाहको फोटो सेयर गर्दै खुसी व्यक्त गरेका छन् ।

उनले लेखेका छन् ‘धेरै वर्षपछि खुसीको दिन आएको छ । मेरी बहिनी बख्तावरको विवाह भइरहेको छ । यस्तो लागेको छ हाम्री आमाले पनि यो खुसीको पल देखिरहेकी छन् । उनीहरु दुवैजनालाई नयाँ जिन्दगीको शुरुवातको धेरै शुभकामना छ ।’

बेनजिर भुट्टो पाकिस्तानको पहिलो महिला प्रधानमन्त्री हुन् । सन् २००७ मा पाकिस्तानको रावल पिण्डीमा आयोजित चुनावी र्यालीमा गराइएको बम विस्फोटमा तत्कालिन प्रधानमन्त्री भुट्टो र अन्य मानिस मारिएका थिए । उनी त्यतिबेला ५७ वर्षकी थिइन् ।

 

वि.सं.२०७७ माघ १८ आइतवार २१:२२ मा प्रकाशित

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा...

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता...