back

वीर अस्पतालमा हाइड्रोसिलको निःशुल्क शल्यक्रिया

वि.सं.२०७३ माघ १० सोमवार

540 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । सरकारले हाइड्रोसिल (अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनु) को निःशुल्क शल्यक्रिया गर्ने कार्यक्रमअनुसार वीर अस्पतालमा हालसम्म १५ जनाले शल्यक्रिया गराएका छन् ।

यही पुस १ गतेदेखि सुरु भएको निःशुल्क शल्यक्रिया सेवा असारमसान्तसम्म चल्ने वीर अस्पतालका सामाजिक सेवा एकाइ÷समन्वय शाखा प्रमुख टीकाराम पनेरुले जानकारी दिनुभयो ।

प्रमुख पनेरुले भन्नुभयो, “बजेट ढिला आएका कारण गत वर्ष १४ जनाको मात्र शल्यक्रिया भएको र यो आर्थिक वर्षको असार मसान्तसम्म २४४ जनाको शल्यक्रिया गर्ने योजना रहेको छ ।” सरकारले प्रत्येक अस्पताललाई एकजना बिरामीको शल्यक्रिया गरेबापत रु पाँच हजार ५०० सय उपलब्ध गराएको छ ।

उहाँले धेरै बिरामीलाई निःशुल्क शल्यक्रिया हुने जानकारी नभएर र कतिले लुकाएर राख्ने भएकाले अस्पतालसम्म नआइपुगेको बताउनुभयो । सरकारले चालु आर्थिक वर्षमा सात हजार ९८३ हजार हाइड्रोसिलका बिरामीको शल्यक्रिया गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष देशभरका सरकारी अस्पतालबाट करिब सातहजार ९८३ हाइड्रोसिलका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्य राखेको छ ।

त्यसका लागि देशभरका ६० अस्पतालबाट शल्यक्रिया गर्ने प्रबन्ध मिलाइएको छ । नेपालमा करिब एक लाख हाइड्रोसिलका बिरामी रहेको अनुमान छ । नेपालमा हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको हो ।

महाशाखाको हात्तीपाइले रोग निवारण अभियानका केन्द्रीय ‘फोकल पर्सन’ तुलसी अधिकारीका अनुसार गत आर्थिक वर्ष २०७२÷७३ मा नौ हजार ५८४ बिरामीको शल्यक्रिया गर्ने लक्ष्य राखिएको भएपनि दुई हजार ५०० बिरामीको शल्यक्रिया गरिएको थियो भने सोभन्दा अघिल्लो वर्ष ६६७ जनाले शल्यक्रिया गराएका थिए । गत आवमा देशभरका ७१ अस्पतालबाट शल्यक्रिया गरिएको भए पनि केही अस्पतालले निरन्तरता दिन नसक्ने बताएपछि ६० अस्पतालमा शल्यक्रिया हुने भएको अधिकारीले बताउनुभयो ।

जाडोमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुष अण्डकोष ठूलो हुनु, दुख्नु, गिर्खा भेटिनु र पछि हाइड्रोसिल अर्थात् अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनेजस्ता लक्षण देखिएमा हात्तीपाइले (फाइलेरिया) भएको हुन सक्छ । साथै, महिलामा यौनाङ्ग अथवा स्तन सुन्निनु र दुख्ने भएमा पनि हात्तीपाइले भएको हुन सक्छ ।

नेपालमा हात्तीपाइले रोग उचेरेचिया काँक्राफ्टि परजिवीको सङ्क्रमणबाट फैलिएको पाइएको छ । सङ्क्रमित भएको मान्छेको शरीरमा खासगरी रातिको समयमा छालामुनि रहेको रगतको नलीमा माइक्रोफाइलेरिया प्रवेश गरी बस्ने हुँदा सो समयमा क्युलेक्स या अन्य जातको लामखुट्टेबाट सङ्क्रमण फैलने गर्दछ ।

विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगका रूपमा चिनिएको यो रोगको नेपालका ६१ जिल्लामा सङ्क्रमण देखिएपछि सरकारले सन् २००३ देखि निवारणका लागि आम औषधि सेवन गराउने कार्य सुरु गरेको छ ।

सन् २०२० सम्म नेपालबाट पूर्णरूपमा यो रोग निवारण गर्ने उद्देश्यका साथ सन् २०१८ सम्म सबै जिल्लाका मानिसलाई औषधि खुवाइसक्ने लक्ष्य नेपाल सरकारले राखेको छ । रासस

वि.सं.२०७३ माघ १० सोमवार ०३:०८ मा प्रकाशित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

भोजपुर । वर्षासँगै आएको हुरीले खुर्सानी खेतीमा क्षति र्पुयापछि भोजपुरका...

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको शुक्रवार बसेको बैठकले भूमि...

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

गलकोट (बागलुङ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय...