back
CTIZAN AD

मेची पुलमा मानव आवतजावत गर्न अझ सुनिश्चित नभएको

वि.सं.२०७३ माघ १० सोमवार

795 

shares

d]rL gbLdf lgdf{0ffwLg k'n emfkfsf] eb|k'/l:yt d]rL gbLdf lgdf{0ffwLg k'n . t:jL/ M ;Gtf]if zdf{, emkf, /f;;

१० माघ,भद्रपुर । झापा जिल्लाको उच्च प्राथमिकतामा रहेको भद्रपुर नगरपालिकास्थितको मेची पुलको निर्माण कार्य पूरा हुन अझ सुनिश्चत हुन नसक्दा नेपाल–भारत दुवै देशका नागरिकले समस्या झेलिरहेका छन् ।

अनक–सूर्या जेवीले २०७१ पुस २७ गते निर्माण कार्य सम्पन्न गर्ने गरी २०६६ पुस २९ मा रु ३७ करोड ३६ लाख ८५ हजारमा ठेक्कामा लिई काम सुरु गरेको थियो । निर्माण अवधि सकिएर पनि दुई वर्ष नौ दिन बितिसकेको छ तर पुल नबन्नु चरम ढिलासुस्तीको नमुना भएको स्थानीय बासिन्दाको गुनासो छ ।

मेची पुलको लम्बाइ ५६० मिटर, चौडाइ ९.८ मिटर डबल लेन हुने सो पुल नेपाली प्रविधिबाट अन्तर्राष्ट्रियस्तरको पहिलोपटक निर्माण हुन लागेको बताइको छ । पुलको दुवैतर्फ पैदल मार्ग पनि बनिने भएको छ ।

सत्रवटा पिलर रहेको सो पुलमा अहिले १५ वटा पिलरको निर्माणकार्य पूरा भई १२ वटा पिलरमा बिम पनि चढाइसकेको छ । पुलको दुईवटा ११ र १२ नम्बरको पिलर टेडो भएको र सो सम्बन्धमा सडक विभाग पुल एकाइले अहिलेसम्म निष्कर्षमा पुग्न नसकेकाले काममा ढिलाइ भइरहेको निर्माण कम्पनीका इन्जिनियर सुरेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

पिलर निर्माण गर्न कठिनाइ भएपछि ड्रगलाइन मेसिन सिङ्गापुरबाट रु ६० लाखमा झिकाइ गएकै वर्षमा काम सम्पन्न गर्ने ठेकदारको लक्ष्य पूरा हुन सकेको छैन । निर्माण कम्पनीका इन्जिनियर सुरेन्द्र खतिवडाले नेपाल सरकारबाट भुक्तानी हुने रकममा समस्या नरहेको तर मेची नदीमा वर्षात्को समयमा आउने बाढीले गर्दा बर्सेनि तीन महिना काम रोक्नु पर्ने भएकाले तोकिएको समयमा काम सम्पन्न हुन नसकेको प्रतिक्रिया दिनुभयो ।

उहाँले ९० प्रतिशत सरकारले रकम भुक्तानी गरिसकेको छ पुलको काम पनि ९० प्रतिशत सम्पन्न भएको प्राविधिकले जानकारी दिए पनि यसमा जनता आश्वस्त हुन सकेका छैनन् । पुलको बचावटका लागि नदी नियन्त्रणका लागि पुलको दुवै किनारमा सिरानतर्फ ९०० मिटर र दक्षिणतर्फ ३०० मिटर लम्बाइको क्रेटिङको काम पनि भइरहेको छ ।

सडक डिभिजन कार्यालय दमक र ग्रामीण हुलाकी मार्ग निर्माण योजना कार्यालय इटहरीको नियमित रेखदेख एवम् निरीक्षण भइरहेकाले पुलको गुणस्तरमा कुनै कमी नरहेको प्राविधिकहरुले बताएका छन् । पुुल निर्माणमा दक्षिण झापावासीले २००९ सालदेखि नै सङ्घर्ष गर्दै आइरहेका छन् ।

पुल निर्माण गर्न भद्रपुर तथा झापावासीले २०२८ सालमा तत्कालीन युवराज स्व वीरेन्द्र शाह पूर्वाञ्चल भ्रमणको क्रममा इलाममा आएको बेलामा स्थानीय उद्योगी एवं समाजसेवी भद्रपुर निवासी मोहनलाल अग्रवालको संयोकत्वमा बनेको समितिले जनस्तरबाट चन्दा संक्लन गरी उठाएको रु.२२ लाख ८० हजार भेटी चढाएको कुरा बरिष्ठ पत्रकार एवं मेची बहुमुखी क्याम्पस भद्रपुरका पुर्व क्याम्पस प्रमुख चिन्तामणि दाहालले जानकारी दिनु भयो ।

त्यतिबेला पुल निर्माण गर्न कुल ३७ लाख लागत लाग्ने प्राबिधिकहरुले जनाएको थियो । नेपाल भारत ओहोर–दोहोर गर्न र तथा यहाँको व्यापार व्यावसायलाई उचाइ तहमा पु¥याउन निकै महत्व राख्ने यो पुल निर्माण पछि भारतको सिलगुडी, किसनगञ्ज, ठाकुरगञ्ज, बङ्गलादेश जस्ता देशमा ब्यापार र व्यवसायको पहुँच पुग्ने उद्योगी व्यापारी तथा बुद्धिजिवीको भनाइ छ ।

पुलको अभावमा राजधानी बाहिर सबैभन्दा पहिले बनेको भद्रपुर नगरपालिकाले गति लिन सकेन र यहाँ स्थापना भएका उद्योग एवम् कलकारखाना विस्थापित हुन पुगे । अहिले पनि मानिसले मेची पुलको अभावमा वर्षात्को समयमा सशुल्क डुङ्गा चढेर वा राँगा गाडी चढेर वारपार गर्ने गरेका छन् ।

नेपाल–भारत जोड्ने तथा व्यापार व्यवसायलाई नजिक एवम् सरल र सहज बनाउने मेची पुलको निर्माण कार्य सम्पन्न भएपछि यहाँ उद्योग, व्यापारले गति लिई प्रशस्त रोजगार सिर्जना हुने सम्भावना कायमै रहेको छ ।

पुलको शिलान्यास गर्नुभएका तत्कालीन उपप्रधान एवम् भौतिक योजनामन्त्री विजयकुमार गच्छदारले गएको वर्षमा पुलको निरीक्षण एवम् अवलोकनपछि गत पुस १९ गते झापाको बनियानी आइपुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि स्थानीय जनताले पुल छिट्टै बनाइदिन आग्रह गरेका थिए ।

पुलको निरन्तर अनुगमन, अवलोकन एवम् रेखदेख गर्ने जिम्मेवारी लिएका ग्रामीण हुलाकी मार्ग योजना कार्यालय इटहरीका प्रमुख इन्जिनियर शैलेन्द्र त्रिपाठी कहिले पनि निर्माणस्थलमा नभेटिने र सम्पर्कमा पनि आउन नचाहने प्रवृत्तिले पुलको गुणस्तर कति सन्तोषजनक हुन्छ त्यो भविष्यमा नै थाहा हुने यो पङ्क्तिकारको प्रतिक्रिया रहेको छ ।

वि.सं.२०७३ माघ १० सोमवार ०८:०३ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

चन्द्रपुर (रौतहट) । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले...