back
CTIZAN AD

कास्कीमा आठ हजार २६ जनाबाट स्वास्थ्य बिमा दर्ता

वि.सं.२०७३ माघ १० सोमवार

759 

shares

१० माघ,पोखरा । कास्कीमा आजसम्म आठ हजार २६ जनाले स्वास्थ्य बिमा दर्ता गरेका छन् ।

नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले गत पुस महिनाको १२ गतेदेखि स्वास्थ्य बिमा सेवा सुरु गरेको थियो ।

दर्ता भएका मानिसको नाम कम्प्युटरमा राख्ने र तोकिएका अस्पतालमा २८ वटा उपचार सेवाका लागि सिफारिस गर्ने काम भइरहेको समितिका प्रबन्धक भगवान रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यो दर्ता प्रक्रिया जिल्लामा निरन्तर चलिरहने छ । ११० जना दर्ता सहयोगी जिल्लाका दुई नगरपालिका र ३२ गाविसमा खटिएका छन् ।

चालु आव २०७३÷७४ मा कास्कीलगायत २२ जिल्लामा सो सेवा सुरु गरिएको समितिले जनाएको छ ।

ग्रामीण क्षेत्रमा खटिने एकजना दर्ता सहयोगीले एक हजार घर परिवारको र नगरपालिकामा खटिने एकजना दर्ता सहयोगीले एक हजार ५०० घरपरिवारको दर्ता गर्ने गरी तोकिएको छ ।

पाँचजनाको परिवार भएको एक घरका लागि रु दुई हजार ५०० र पाँचजनाभन्दा बढी परिवार भएको घरमा प्रतिव्यक्ति रु ४२५ थप दस्तुर लिई दर्ता गरिनेछ ।

स्वास्थ्य बिमा गरेको व्यक्ति बिरामी परेमा रु ५० हजारसम्मको स्वास्थ्य सेवा पाउने र पाँचजनाभन्दा बढी व्यक्ति भएको घरपरिवारको व्यक्ति बिरामी परेमा रु ५० हजारभन्दा माथि प्रतिव्यक्ति रु १० हजारका दरले सुविधा थपिँदै जाने प्रबन्धक रेग्मीले बताउनुभयो ।

वि.सं.२०७३ माघ १० सोमवार ०८:१३ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

चन्द्रपुर (रौतहट) । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले...