back

कास्कीमा आठ हजार २६ जनाबाट स्वास्थ्य बिमा दर्ता

वि.सं.२०७३ माघ १० सोमवार

411 

shares
GLOBAL IME AD
NTC AD

१० माघ,पोखरा । कास्कीमा आजसम्म आठ हजार २६ जनाले स्वास्थ्य बिमा दर्ता गरेका छन् ।

नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले गत पुस महिनाको १२ गतेदेखि स्वास्थ्य बिमा सेवा सुरु गरेको थियो ।

दर्ता भएका मानिसको नाम कम्प्युटरमा राख्ने र तोकिएका अस्पतालमा २८ वटा उपचार सेवाका लागि सिफारिस गर्ने काम भइरहेको समितिका प्रबन्धक भगवान रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यो दर्ता प्रक्रिया जिल्लामा निरन्तर चलिरहने छ । ११० जना दर्ता सहयोगी जिल्लाका दुई नगरपालिका र ३२ गाविसमा खटिएका छन् ।

चालु आव २०७३÷७४ मा कास्कीलगायत २२ जिल्लामा सो सेवा सुरु गरिएको समितिले जनाएको छ ।

ग्रामीण क्षेत्रमा खटिने एकजना दर्ता सहयोगीले एक हजार घर परिवारको र नगरपालिकामा खटिने एकजना दर्ता सहयोगीले एक हजार ५०० घरपरिवारको दर्ता गर्ने गरी तोकिएको छ ।

पाँचजनाको परिवार भएको एक घरका लागि रु दुई हजार ५०० र पाँचजनाभन्दा बढी परिवार भएको घरमा प्रतिव्यक्ति रु ४२५ थप दस्तुर लिई दर्ता गरिनेछ ।

स्वास्थ्य बिमा गरेको व्यक्ति बिरामी परेमा रु ५० हजारसम्मको स्वास्थ्य सेवा पाउने र पाँचजनाभन्दा बढी व्यक्ति भएको घरपरिवारको व्यक्ति बिरामी परेमा रु ५० हजारभन्दा माथि प्रतिव्यक्ति रु १० हजारका दरले सुविधा थपिँदै जाने प्रबन्धक रेग्मीले बताउनुभयो ।

वि.सं.२०७३ माघ १० सोमवार ०८:१३ मा प्रकाशित

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा व्यवसायिक मौरी पालन सम्वन्धि १६...

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...