back

चितवन मेडिकल कलेजका अध्यक्ष न्यौपानेमाथि आक्रमण

वि.सं.२०७३ माघ १२ बुधवार

498 

shares
GLOBAL IME AD
NTC AD

१२ माघ, चितवन । चितवन मेडिकल कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक डा हरिश्चन्द्र न्यौपानेमाथि मंगलबार साँझ आक्रमण भएको छ । मेडिकल कलेजबाट बाहिरिने क्रममा मोटरसाइकलमा आएका युवाले नमस्ते गरी गाडी रोकेर क्रिकेटको स्ट्यामले सिसामा प्रहार गरेको न्यौपानेले बताउनुभयो ।

स्ट्यामले लागेर डा न्यौपाने चडेको वा१४च ७५६४ नंको गाडीको अगाडिको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । सिसाको टुक्राले शरीरमा लागेको भए पनि डा न्यौपाने र गाडी चालक सकुशल रहेको थापाले बताउनुभयो । मोटरसाइकलमा आएका युवाले गाडी रोकेर आक्रमण गरी पूर्वतर्फ भागेको डा न्यौपानेले बताउनुभयो । दुईवटा मोटरसाइकलमा चारजना युवा आएको प्रहरीको अनुमान छ ।

घटनालगत्तै प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठको नेतृत्वमा आक्रमणकारीको खोजी भइरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । आक्रमणको कारण खुल्न सकेको छैन । घटनाको साँझसम्म कसैले जिम्मेवारी लिएको छैन । रासस

वि.सं.२०७३ माघ १२ बुधवार ०३:१९ मा प्रकाशित

एक युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

एक युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

दिपायल (डोटी) । सिकार खेल्न गएका एक जनाको गोली लागेर...

आज देशका अधिकांश भागमा मौसम सफा रहने

आज देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको...

यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ...

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

ताप्लेजुङ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा...

आगलागीमा ६० लाख बराबरको क्षति

आगलागीमा ६० लाख बराबरको क्षति

इनरुवा (सुनसरी) । सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा गए राति...