back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ माघ १९ सोमवार

690 

shares

१९ माघ, काठमाडौं । नेपालमा सोमबार (१९ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ७५ हजार १५२ वटा कोरोना भाइरस (कोभिड-१९) को नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ४,१४५ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित २,४८९ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८४२ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १६४७ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा १२८ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २ बागमती प्रदेशमा ३०, गण्डकी प्रदेशमा ६७, लुम्बिनी प्रदेशमा २८ र कर्णाली प्रदेशमा १ जना गरी जम्मा १२८ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी बागमती प्रदेशमा ११ जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा ३ र कर्णाली प्रदेशमा १ जना गरी जम्मा२२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ९७ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला कालिकोट, रुकुमपश्चिम र मुगु रहेको छ ।

आज थपिएका १५९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । साथै आज २६४ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६६ हजार ६०० पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्य रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा २०२९ जना कोरोना संक्रमितको निधन भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य, १५९ जना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार केही दिनयता कोरोना संक्रमणबाट निधन हुने र संक्रमित हुनेको संख्या घट्दै गएको छ ।
आज देशैभरी गरिएको ४,१४५ नमुना परीक्षणमा १५९ जना मात्र संक्रमित थपिएका हुन् । जसमा उपत्यकामा ८५ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा महिला ६१ र पुरुष ९८ जना रहेका छन् । आज थपिएका १५९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७१ हजार ११८ पुगेको छ ।

त्यसैगरी आज देशैभरी २६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २६४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुलसंख्या २ लाख ६६ हजार ६०० पुगेको छ । निको हुनेको यो दर ९८.३ प्रतिशत हो ।

कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८६२ जना कोरोना संक्रमित होम संस्थागत रहेका छन् ।

जसमा प्रदेश १ मा २, बागमती प्रदेशमा ५४६, गण्डकी प्रदेशमा ३० लुम्बिनी प्रदेशमा १६५, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ९३ जना गरी ८४२ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा १६४७ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा माघ १८ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ माघ १९ सोमवार १६:१६ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...