back
CTIZAN AD

प्रचण्ड–नेपाल पक्षीय नेकपाको बैठक : ओलीलाई साधारण सदस्यबाट हटाउने निर्णय अनुमोदन

वि.सं.२०७७ माघ १९ सोमवार

705 

shares

माघ १९, काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई साधारण सदस्यबाट पनि हटाएको छ । सोमबार बसेको नेकपाको केन्द्रीय समितिको बैठकले ओलीलाई हटाउने निर्णयलाई अनुमोदन गरेको हो ।
बैठकले पार्टी महासचिव विष्णु पौडेललाई पनि पार्टीबाट हटाएको छ ।

गत माघ २ मा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठकले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । जुन निर्णयअनुसार गत माघ ५ मा प्रचण्ड–नेपाल पक्षले ओलीलाई स्पष्टीकरण पत्र बुझाएको थियो ।

सम्बन्धित समाचार

ओलीलाई पार्टीबाट हटाउने माधव नेपालको घोषणा

तर, तीन दिनको अवधि राखेर सोधिएको स्पष्टीकरण पत्रबारे ओलीले जवाफ दिएका थिएनन् । ओलीले जवाफ नदिएसँगै गत माघ ११ मा बसेको स्थायी समिति बैठकले उनलाई साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो । स्थायी समितिको निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गरेको हो ।

यद्यपि पुस ५ पछिका विभाजित नेकपाका दुवै पक्षका निर्णयलाई निर्वाचन आयोगले अमान्य भएको बताएको छ । गत माघ ११ मा निर्वाचन आयोगले दुवैका विवरण परिवर्तनलाई अस्वीकार गर्दै साबिक नेकपालाई आधिकारिक मान्ने निर्णय गरेको थियो ।

वि.सं.२०७७ माघ १९ सोमवार १६:१८ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...