back
CTIZAN AD

पार्टीको आधिकारिता दाबी गर्न प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोग जाने

वि.सं.२०७७ माघ १९ सोमवार

660 

shares

माघ १९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिता दाबी गर्न प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोग जाने भएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोग जाने भएको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार केन्द्रीय समिति बैठकले निर्वाचन आयोगले माग गरेअनुसार अद्यावधिक विवरणसहित आधिकारिता दाबी गर्न जाने निर्णय गरेको हो ।

‘निर्वाचन आयोगले हाम्रो पार्टीको विधानअनुसार पार्टीका बैठकहरु गरेर पार्टीका पदाधिकारीहरुको सन्दर्भमा फेरबदल गरिएको निर्णयसहित अद्यावधिक गर्न अनुरोध गरेको थियो’, श्रेष्ठले भनेका छन्, ‘अद्यावधिक गर्ने बारे जुन पत्र निर्वाचन आयोगले पठाएको छ, त्यस सन्दर्भमा पार्टीको तर्फबाट लिखित जवाफसहित पार्टीको आधिकारिताको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने बैठकले निर्णय गरेको हो ।’

सम्बन्धित समाचार

प्रचण्ड–नेपाल पक्षीय नेकपाको बैठक : ओलीलाई साधारण सदस्यबाट हटाउने निर्णय अनुमोदन

यद्यपि यसबीच गत माघ ११ मा बसेको निर्वाचन आयोगको बैठकले विभाजित नेकपाका दुवै पक्षलाई आधिकारिता दिन अस्वीकार गरेको थियो । निर्वाचन आयोगले पार्टी विभाजन विधानसम्मत र कानूनसम्मत नभएको भन्दै दुवै पक्षको आधिकारितालाई अस्वीकार गर्दै साबिकको नेकपालाई नै वैधानिक भनेको थियो ।

यसैबीच बैठकले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पार्टी महासचिव विष्णु पौडेललाई पनि साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने निर्णय गरेको छ । यसअघि प्रचण्ड–नेपाल पक्षीय नेकपाको स्थायी समितिले ओली र पौडेललाई पार्टीबाट हटाउने गर्ने निर्णय गरेको थियो ।

वि.सं.२०७७ माघ १९ सोमवार १६:४६ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...