२१ माघ, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १८.७२ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा संस्थाले ५ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यसैगरी, संस्थाको खुद व्याज आम्दानी १३ करोड ५७ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोहि अवधिमा संस्थाले १३ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको थियो।
संस्थाको चुक्तापुँजी ३६ करोड ५९ लाख रुपैयाँ र जगेडा कोष १७ करोड ३५ लाख रुपैयाँको रहेको छ ।
त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३६.१७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४७.४४ रुपैयाँ रहेको छ ।
यस्तो छ कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण :

वि.सं.२०७७ माघ २१ बुधवार १४:५२ मा प्रकाशित





























