back
CTIZAN AD

ग्लोबल आइएमई बैंकको नयाँ शाखा सिन्धुलीमा

वि.सं.२०७७ माघ २२ बिहीवार

624 

shares

२२ माघ, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड सिन्धुली शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न भएको छ ।

बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकर बर्मा तिवारी, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेश चन्द्र बैदार तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्तरुपमा शाखाको उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले नेपाल सरकारको नीति तथा कार्यक्रमहरुलाई पालना गर्दै आफ्नो सेवालाई विस्तार गरेको बताए । उनले बैंकले अबका दिनमा थप सबल र सक्षम बन्दै मुलुकका सबै जिल्लाबाट सरल बैंकिङ सेवा प्रदान गर्ने बताए ।

उक्त अवसरमा अध्यक्ष ढकालले भानुभक्त माध्यमिक विद्यालयलाई बैंकको तर्फबाट ७ थान कम्प्युटरसमेत हस्तान्तरण गरेका थिए । साथै उनले निरुशा किराना तथा डेरी पसललाई नगदरहित कारोबारका लागि क्यूआर कोड स्ट्याण्ड हस्तान्तरण गरेका थिए ।

वि.सं.२०७७ माघ २२ बिहीवार १३:०१ मा प्रकाशित

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...