back
CTIZAN AD

गर्भवतीकोे हेलिकप्टरद्वारा उद्धार

वि.सं.२०७७ माघ २४ शनिवार

552 

shares

२४ माघ, बागलुङ । बागलुङ जिल्लाको बडीगाड गाउँपालिका निवासी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरी पोखरा लगिएको छ ।

सुत्केरी गराउनका लागि ढोरपाटन नगरपालिकास्थित बुर्तिवाङ स्वास्थ्य चौकी लगिए पनि अत्यधिक रक्तश्रावका कारण बुर्तिवाङ स्वास्थ्य चौकीले सुत्केरी गराउन नसकेपछि गर्भवतीको बडीगाड गाउँपालिकाको समन्वयमा हेलिकप्टरमार्फत उद्धार गरी गण्डकी अस्पताल पोखरा पठाइएको बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंङ पाइजाले जानकारी दिए ।

तत्कालै सुत्केरी नगराए गर्भवती र शिशु दुवैको ज्यान खतरामा रहेको स्वास्थ्यकर्मीले बताएपछि उद्धार गरिएको पाइजाको भनाइ छ । बडीगाड गाउँपालिका–५ धैरेनी निवासी २४ वर्षीया शान्ता घिमिरेलाई बुर्तिवाङ स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी पोखरा पठाइएको अध्यक्ष पाइजाले जानकारी दिए ।

वि.सं.२०७७ माघ २४ शनिवार १५:२९ मा प्रकाशित

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...