back
CTIZAN AD

के हुन्छन् भन्सारका साझा चरित्र ?

वि.सं.२०७७ माघ २५ आइतवार

930 

shares

प्रत्येक भन्सारको आ-आफ्नै चरित्र हुन्छ, त्यहाँको संस्कृति, वस्तुहरुको उपयोग, व्यापारिक संरचना, सुविधा, बाटोघाटोको अवस्था, छिमेकी देशको अवस्था आदिबाट भन्सारको चरित्र निर्माण भएको हुन्छ । तसर्थ सवै भन्सारमा समान स्वरुपले, समान अर्थमा, समान औचित्य प्रमाणित गर्न गाह्रो हुन्छ ।

हाम्रो समाज भन्सार भन्ने वित्तिकै जिब्रो टोक्छ । कति पैसा होला त्यो संग, धेरै मान्छे चिनेको होला त्यसले, त्यसको शक्ति माथि सम्म छ आदी आदी । सायद हाम्रो समाजले चित्रण गरेको मानसपटलीय भन्सारको चरित्र यही हो । भन्सार सुधार भएर कहाँदेखि कहाँ पुग्यो, त्यहाँ के हुन्छ, कसरी काम हुन्छ र भन्सारको मर्म के हो, यदि भन्सारले गलत काम गर्यो भने के हुन्छ जस्ता कुराहरुमा कसैको ध्यान गएको देखिँदैन । भन्सार सुधारको अभियान्ताको हिसाबले सधैं जागिरका पीडाहरु लुकाएर अब बस्न सकिँदैन, किनभने हामीले गरेका कामहरु अब बाहिर आउनै पर्छ । सधैं विश्व व्यापार संगठनका मर्महरु, भन्सारका प्रविधिहरु, विश्व भन्सारका संगठनका मापदण्डहरु एवं सिद्धान्तहरु धेरै लेखिए तर लेखिएनन् ती पात्रहरु जसले आरोप भित्र रहेर भन्सारलाई एउटा जीवन्त आयाम बनाए ।

कतै कुनै मुलुकको कुनामा कहिँ पनि सामान्य अनियमितता भयो भने भन्सार नै बन्यो त्यो अड्डा भनेर पत्रिकामा छापिने चलन पनि कुनै नौलो होइन हाम्रो समाजमा । तर यतिभन्दा भन्दै अनियमितता र गैरकानूनी क्रियाकलापलाई समर्थन गरेको नबुझियोस् । हामी यस्तो अवस्थामा छौं कि कुनै कानुन उल्लंघन नगरी घरवाट अड्डा र अड्डावाट घर गर्नै नसक्ने अवस्थामा पुगिसेकेको कुरा विर्सन हुँदैन । अवको दुनियामा कुरामा आदर्श समाज र व्यवहारमा आफू नै सर्वे सर्वा बन्ने प्रवृत्ति चिरफार गर्नै पर्दछ ।

आजको विषय यस्ता कुरालाई थाती राखेर भन्सारका सामान्य चरित्र बारे कुरा गरौं । सामान्यरुपमा भन्सार सबै देशहरुका पूराना अड्डाहरुमा पर्दछन् । त्यसैले भनिन्छ भन्सार एउटा परम्परा पनि हो र दैनिक नयाँ पनि हुन्छ । प्रत्येक भन्सारको आ-आफ्नै चरित्र हुन्छ, त्यहाँको संस्कृति, वस्तुहरुको उपयोग, व्यापारिक संरचना, सुविधा, बाटोघाटोको अवस्था, छिमेकी देशको अवस्था आदिबाट भन्सारको चरित्र निर्माण भएको हुन्छ । तसर्थ सवै भन्सारमा समान स्वरुपले, समान अर्थमा, समान औचित्य प्रमाणित गर्न गाह्रो हुन्छ । एउटा मुलुकी कानून भन्सार ऐन जसले एउटा मुलुकका सीमा भित्रका भन्सारहरुलाई एउटै सियोमा उन्ने कोशिस गर्दछ । भन्सार देशभित्रको मात्र होइन देश बाहिरको पनि समन्वय गर्ने मुल अड्डा भएकाले यसको चरित्र सीमाविहिन नै हुन्छ भन्न सकिन्छ । यस्तै यस्तै विदेशी भन्सारहरुसँग समन्वय गर्ने, भन्सार सुधार अभियानमा लागिरहँदा सुनेका भनिएका कुराहरुलाई यहाँ संयोजन गरी भन्सारका साझा चरित्रहरु नामाकरण गर्ने प्रयास गरिएको छ ।

१. सीमाको इज्जत : भन्सार अक्सरत सीमामा हुन्छ । एयरपोर्ट भन्सार र केही सामुद्रिक भन्सार बाहेक सबै भन्सारहरु मुलुकको सीमामा रहेका हुन्छन् । मुलुकको सीमाको संस्कृति भन्सारमा देखिइहाल्छ । कि त अति राष्ट्रवादिता कि त राष्टहित विपरित । दुवै पक्ष भन्सार सहयोगी होइनन् । यही वीचमा रहेर भन्सारले कार्य सम्पादन गरि रहेको हुन्छ । त्यसैले विश्व भन्सार संगठनले भन्सार प्रशासन नै समन्वयात्मक सीमा व्यवस्थापनको नेतृत्वकर्ता हो भनेर भनेको पनि छ । आजभोली जमीनमा हुने मुलुकका भन्सारहरु पनि मुलुकको वीच भाग तिर रहने गरेका छन् जसलाई सुख्खा बन्दरगाह भनेर जानिन्छ ।

२. गन्ध : भन्सार आयो भनेर सडक किनारमा लेखिएका बोर्डहरु हेरिरहन पर्दैन रे । त्यहाँ पुग्न लाग्दा एक किसिमको गन्ध आइरहेको हुन्छ भनिन्छ । विभिन्न किसिमका वस्तुहरुको भण्डारण, ओसार पसार र नष्ट गर्ने प्रकृयाले गर्दा विभिन्न गन्ध तथा वास्नाहरुको चरित्रमा भन्सारलाई चित्रण गरिएको छ ।

३. दृष्ट्री : भन्सारमा वस्तुहरु जाँच्ने क्रममा वस्तु के वाट बनेको, कुन प्रकृया अबलम्बन भएको, कुन कानुनमा के भनेको छ ती कुराहरुको समग्र दृष्ट्रिकोण भन्सारले राख्दछ तसर्थ भन्सार एउटा समग्र दृष्ट्रिको पर्याय हो भनिन्छ ।

४. स्वाद : अर्को कुरा भन्सारमा सबै प्रकारका मालवस्तुहरु आयात निर्यात भई रहेका हुन्छन् ती वस्तुहरुको स्वाद भन्सार कर्मचारीले थाहा पाउनु पर्दछ भनिन्छ । ती सवै किसिमका गन्ध र स्वादहरुको मिश्रण नै भन्सारको एउटा बेग्लै अचम्मको स्वाद र गन्ध हुनु हो रे ।

५. भिषा : भन्सारका कर्मचारीलाई भिषा चाहिँदैन भनिन्छ । समकक्षी भन्सार अर्को मुलुकको संगै काम गर्ने साथी । अनि उसले उसको मुलुकको पल्लो सीमामा पुर्याई दिन्छ अनि त्यहाको अर्को मुलुकको साथीले अर्को सीमामा । भएन त संसार भ्रमण ?

६. फोहोर र धूलो : कहाँ वाट के आएको हुन्छ । कतिपय वस्तु कसको हो भन्ने पनि पत्ता हुँदैन । ट्रक, कन्टेनर लगायतमा टासिएका फोहोर देखि चालक, सहयोगी र श्रमिकहरुले गर्ने फोहोरवाट कुनै पनि भन्सार अलग छैन नै ।

७.   पेट : भन्सार भनेको पेट जस्तै हो, मनले चाह्यो मुखले खायो पचाउन सकस पेटलाई परेको छ । हो भन्सार त्यस्तै चरित्रको हुन्छ । के कहाँवाट आएर त्यहाँ ठोकिन्छ थाहा छैन ।

८. मिश्रित विषय : भन्सार सबै विषयहरुको जानकारी भएको वस्तु ज्ञानको भण्डार हो भनिन्छ । त्यहाँ रसायनिक, इन्जिनिरिङ, स्वास्थ्य, वातावरण, कानून, कृषी लगायतका विषयमा केही न केही जानकारी राख्नु पर्ने अनि सोही अनुरुप वस्तु वर्गीकरण गर्ने र सम्भद्ध कानूनहरुको सुची र ती कानूनहरुको कार्यान्वयन जटिल स्वभाविक नै छ । तसर्थ यो मिश्रण चरित्र अझ महत्वपूर्ण छ भनिन्छ ।

९. अन्तिम हतियार : सामान्यतया कम विकसित तथा विकासोन्मुख देशहरुमा आन्दोलन तथा विरोधको अन्तिम हतियार भन्सार बन्ने गरेको छ । सीमा अबरुद्ध गर्न सकियो भने समास्या छिटो सम्बन्धित निकायमा पुग्ने र सम्बोधन छिटो हुने विश्वास जो रहेको छ ।

१०. छिटो निर्णय र समाधान : जस्तो सुकै समस्या पनि भन्सारमा छिटो निर्णय गर्नु पर्दछ । जब निर्णयमा ढिलाई हुन्छ, व्यवस्थापन गर्न सकिँदैन । वस्तुहरुको व्यवस्थापन, मान्छेहरुको व्यवस्थापन लगायतका लागि तत्काल निर्णय हुन जरुरी मानिन्छ । सीमा व्यवस्थापन, विवाद र निरुपणका उपाएका लागि मान्छे अन्तिम विन्दु भन्सार सम्म पुगेर समाधान भेट्टाउँछ । तसर्थ भनम्सार एउटा समाधान पनि हो ।

११. भन्सारको भाषा र मुद्रा : भन्सारको भाषा र मुद्रा अन्तरराष्ट्रिय हुन्छ । राष्ट्रिय समन्वय र राजस्व संकलनको लागि भने होइन है । भन्सारले उत्पादन गरेका कागजपत्रलाई अर्को मुलुकको भन्सारले चेकजाँच गर्ने भएकाले भाषा र भन्सारमा आयात निर्यातका लागि अन्तरराष्ट्रिय मुद्रामा कारोवार हुने भएकाले भन्सारको भाषा र मुद्रा फरक फरक हुने एउटा साझा चरित्र बनेको छ ।

१२. सहजीकरण र नियन्त्रण : भन्सार एउटा नेपाली “तातो पानी तताए तताइदेऊ नत्र चिसै पानीले” भन्ने भनाईसंग मिल्दो जुल्दो हुन्छ । यदि त्यसो गरिएन भने भन्सार एउटा विशाल भन्डारण क्षेत्रमा परिणत हुन्छ र व्यापार सहजीकरण हुन सक्दैन । त्यसै गरी नियन्त्रण हुन नसक्दा राजस्व मर्ने मात्र होइन समाजको सुरक्षा पनि हुन नसकेर विग्रह उत्पन्न हुन जान्छ ।

उल्लिखित चरित्रहरु सामान्यतया भन्सारका मुख्य साझा चरित्रहरु हुन् । यस बाहेक अगाडी भनिए जस्तै भन्सार विच्छे फरक चरित्र निर्माण भएका हुन्छन् । अझ चरित्रहरु थप गर्न पनि सकिन्छ । पछिल्ला दिनमा भन्सार व्यापार सहजीकरणको एउटा पर्याय निकायको रुपमा हेर्ने गरिएको छ । विभिन्न अन्तरराष्ट्रिय संघ संगठनहरुले व्यापार सहजीकरणका लागि मापदण्ड र मापन औजार बनाएका पनि छन् । त्यसै गरी मुलुक हीत र जन सुरक्षाका लागि भन्सार उत्तिकै महत्वपूर्ण नियन्त्रणात्मक निकाय पनि हो भनेर बिर्सन सकिँदैन । अलमलको विषय भनेको कहा निर सहजीकरण गर्ने र कहा निर नियन्त्रणात्मक हुने भन्ने नै हो ।

हाम्रो जस्तो तीन तिर खुला सिमाना भएको मुलुकमा भन्सार अझ नियन्त्रणात्मक हुने हो भने चोरी पैठारी र निकासीले थप पश्रय पाउँदैनन भन्न नसकिने अवस्था छ । परिवर्तन तत्काल गर्नु पर्ने धेरै कुराहरु होलान् तर ती सबै परिवर्तन एकै पटक भयो भने के होला त्यसका असरहरु पनि अध्ययन हुनै पर्दछ । तसर्थ विस्तार विस्तार एउटा संजालमा ल्याउनलाई भन्सारले भरथेग गर्नै पर्दछ, जुन थोपा थोपाले समुद्र बन्दछ ।

भन्सार एक परम्परा पनि हो भनियो तर प्रत्येक बिहानै संगै भन्सार नयाँ भएर उठ्नु पर्छ । हिजोको निर्णय वा परम्परा आज लागू गर्नै पर्छ भन्ने छैन यदि त्यसो भयो भने सुधार कहाँ निर होला र ? तसर्थ नयाँ आयामका साथ भन्सार अनुबन्द भएका धेरै मापदण्डहरुको पालना र कार्यान्वयन, मुलुकी कानून, नियम कार्यविधिहरुको कार्यान्वयन र पालना गर्नु गराउदै अनुहारमा लागेको पोतो हटाउन धेरै प्रयासहरु गरिएका पनि छन् । समन्वयात्मक सीमा व्यवस्थापनको नेतृत्वदायी भूमिकामा भन्सार प्रशासनका व्यवसायिक पहलहरुले मुलुकको हीतका लागि भरथेग गरेकै छन् भन्न सकिन्छ ।

सन् २०१२ मा विश्व भन्सार संगठनले अन्तरराष्ट्रिय भन्सार दिवसको नारा “सीमावाट विभाजन: भन्सारवाट संयोजन” भनेर राखिएको थियो र यद्दपी आज पनि त्यो भन्सारीयाहरुको मन मतिष्कमा एउटा गायत्री मन्त्र भएर रहेको छ । भन्सार वास्तवमा नै अन्तरराष्ट्रिय सीमालाई जोड्ने महत्वपूर्ण निकायको रुपमा रहेको सबैले स्वीकार गरिएको विषय पनि हो । कानून एउटा परिदृष्यमा बनेको हुन्छ निश्चित उद्देश्यका लागि । त्यही कानूनको कार्यान्वयनमा हुने जटिलता नै कतिपय अवस्थामा परिवर्तनको अवरोध पनि हुन पुगेको देखिन्छ । कानूनको अक्षरस पालना त हुनै पर्दछ तर मुलुकको सर्वाङ्ग्रीण इज्जत, प्रतिष्ठा र हीतलाई सर्वोपरी बनाएर उद्देश्य अनुरुप कार्य गर्नु कम चुनौतिपूर्ण छैन ।

व्यवसायिक संहिताको पालना गर्दै धेरै जनहरुले यस ठाँउवाट विदा लिइ सकेका छन् ती कर्मठ योगदानहरुलाई सादर सम्झना !

हाल: वीरगंज भन्सार कार्यालय

वि.सं.२०७७ माघ २५ आइतवार ०९:४७ मा प्रकाशित

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...

 सक्कली माननीय

 सक्कली माननीय

“माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर,...

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...