२६ माघ, ललितपुर । ललितपुर महानगरपालिका ३ लाछी पुल्चोक बस्ने पदम बहादुर शाक्यको घरबाट १२.५ तोला सुनका गहना चोरी भएको छ ।
शाक्यको घरबाट आइतबार दिउँसो झण्डै १२.५ तोला सुनका विभिन्न गहना चोरी भएको हो ।
त्यस्तै दोलखा, तामाकोसी गाउँपालिका–६ च्यामास्थित प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाबाट नगद १३ लाख १४ हजार ४ सय रुपैयाँ र सोहि गाउँपालिका ७ हावास्थित जनसेवा मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट नगद ५४ हजार ४ सय ७० रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७७ माघ २६ सोमवार १४:५७ मा प्रकाशित






























