२६ माघ काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेप्सेमा दोहोरो अकंको वृद्धि देखिएकाे छ । नेप्सेमा भएकाे वृद्धिसँगै परिसूचक पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ भने बैकिङ्ग श्रेत्रका लगानीकर्ताहरुले उल्लेख्य कमाएको नेप्सेले जनाएको छ ।
आज नेप्सेमा ३७ दशमलव ४८ अंकले वृद्धि हुदाँ समग्र परिसूचक पनि बढेर २५६१ दशमबल ४७ बिन्दुमा पुगेको छ, जुन हालसम्मकैँ उच्च हाे । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि ७ दशमलब २८ अंकले बढेर ४६६ दशमलब ६० अंकमा पुगेको छ ।
आज बैंकिङ, होटल्स, विकास बैंक, वित्त कम्पनी, अन्य, जीवन बिमा र सामुहिक लगानी कोषको सूचक बढेको छ । ति बाहेक व्यापार, जलविद्यृत, निर्जीवन बीमा, उत्पादन मूलक तथा लघुवित्त कम्पनीको मुल्य घटेको छ ।
आज कुल सूचिकृत मध्ये २०६ कम्पनीका १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार ८०९ रुपैंयाँ बराबरका २ करोड ११ हजार ५५५ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ९२ हजार ७९ पटक लेनदेन भएको छ ।
कारोबार रकमको आधारमा प्रभु बैंक, नबिल बैंक, डेप्रोक्स विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा प्रभु बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, नेपाल बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सबैभन्दा धेरै ग्रामीण विकास लघुवित्तका लगानीकर्ताहरुले कमाएका छन् । उनीहरुले ९.९२ प्रतिशतले कामएका हुन । त्यस्तै प्रभु बैंक, सनराईज बैंक, माछापुच्छ्रे बैंक लगायतका कम्पनीका लगनीकर्ताहरुले उच्च अंकले कमाउदाँ उन्नती सहकार्य लघुवित्त, हिमालय उर्जा विकास कम्पनी, स्वभिमान लघुवित्त लगायतका लगनीकर्ताहरु गुमाउनेमा परेका छन ।
आज भएको कारोबारमा ७५ कम्पनीका लागनीकर्ताले कमाउदाँ ९३ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ६ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।
वि.सं.२०७७ माघ २६ सोमवार १५:४७ मा प्रकाशित



























