२६ माघ, काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालको कम्युनिष्ट आन्दोलनमा शिक्षकहरुको भूमिका अग्रणी रहेको बताएका छन् ।
राजधानीमा आयोजित एकिकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम परिषद् बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले नेपालको कम्युष्टि आन्दोलन मात्र नभएर लोकतान्त्रिक राजनैतिक आन्दोलनसँग शिक्षकहरुको प्रत्यक्ष योगदान र लगाव भएको बताए ।
‘त्यसको सम्मान राजनीतिक नेतृत्वले राज्यले जति गर्नुपर्ने हो त्यति गर्न सकेको छैन÷सकिएको छैन । नेपाल अहिले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याइ पुर्याउन शिक्षक समुदायले खेलेको भूमिकाको कदर र शिक्षकहरुको हक अधिकार स्थापित गर्न शिक्षा नीतिलाई बैज्ञानिक बनाउन जति राज्यले मेहनत गर्नुपर्ने हो त्यो भएको छैन ।’ सम्बोधनका क्रममा उनले भने ।
उनले पार्टी एकताले सबै नयाँ उत्साह र उर्जा र भरोसा पैदा थियो तर, दुर्भाग्य पार्टी एकतालाई तीन महिनामा सक्ने भनिए पनि तीन वर्षमा पनि नसकिएको भन्दै दुःख व्यक्त गरेका थिए ।
‘दुई वर्षमा गर्ने भनिएको महाधिबेशन छेउ टुप्पो नै फेला पारिएन । बरु तीनवर्ष पुग्दा नपुग्दै पार्टी विभाजित भयो । यो एउटा दुर्भाग्यपूर्ण स्थितिको सामना हामीले अहिले गर्नु परेको छ,’ सम्बोधनका क्रममा उनले भने,‘बाध्यतापूर्वक हामीले चाहँदै नचाहेको र सोच्दै नसोचेको कुराको अहिले सामना गर्नुपरेको छ ।
उनले यस्तो अवस्थामा शिक्षक संगठनको बैठक बस्नु ठिक समयमा ठिक बैठक गरिएकोले यो बैठकले केही महत्वपूर्ण निर्णय संकल्पसहित देशमा देखिएको राजनीतिक संकट समाधानमा योगदान पुर्याउन महत्वपूर्ण भूमिका रहन्छ भन्ने विश्वास व्यक्त गरेका थिए ।
वि.सं.२०७७ माघ २६ सोमवार १५:४५ मा प्रकाशित






























