back
CTIZAN AD

आज विहिबार राशिफल हेरेर सुरु गर्नुहोस् तपाईको आजको दिनको सुरुवात

वि.सं.२०७७ माघ २९ बिहीवार

708 

shares

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा सोचेको प्रगति हुने । कर्मयोगले मानसम्मान समेत दिलाउनेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रयत्न गर्दा अवसर पाइनेछ । परोपकारी काममा सहभागी भइनेछ । तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन् । धेरै समय अरूका लागि जुट्नुपर्नेछ । लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ । हिसाबकिताबमा होसियार रहनुहोला । व्यावसायिक कामलाई निरन्तरता दिन सकिनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । गोपनीयता बाहिरिए पनि मिहिनेत गर्दा केही काम बन्नेछन् । तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । पछि फाइदा हुने काम गर्न सकिनेछ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहवर्द्धक रहनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । नयाँ परिवेशमा पुगिनेछ, नयाँ साथीभाइ भेटिनेछन् । प्रेमको बन्धन कसिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । भौतिक सुविधा जुटाउन सकिनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा सफलता दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कामको मेसो नमिल्दा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार तथा सानो असमझदारीले आफन्तजन टाढिन सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ । अस्वस्थताका बाबजुद जिम्मेवारी थपिनेछन् । अरूका काममा समय बित्न सक्छ । काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला । आशा देखाउनेहरूले धोका दिनेछन् । प्रयत्न गर्दा केही काम बन्नेछन् । अरूलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । अध्ययनतर्फ लक्ष्य पूरा नहुन सक्छ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
रमाइलो दिन छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । तर खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ । आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्नेछन्। अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन् ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला । साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ ।

२०७७ माघ २९ गते बिहीवार, (११ फेब्रअरी २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (बुधबार) को राशिफल भन्छ–आज यी ६ राशिकाले अपनाउनु पर्नेछ विशेष साबधानी !

वि.सं.२०७७ माघ २९ बिहीवार ०७:४४ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...