२९ माघ, काठमाडौं । कोरोना संक्रमित विरामीको उपचार अब सरकारी अस्पतालबाट मात्रै हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाइ केन्द्रले बुधबार यस्तो निर्णय गर्दै अब उपरान्त सरकारी अस्पतालहरुलाई मात्र कोभिड १९ उपचारको अस्पतालको रुपमा तोकिएको बताइएको छ ।
‘कोभिड १९ उपचारका लागि तोकिएका सरकारी तथा मेडिकल कलेजहरुमध्ये अब उपरान्त सरकारी अस्पतालहरुलाई मात्र कोभिड १९ उपचारको अस्पतालको रुपमा तोकि सेवा प्रवाहको व्यवस्थापन गर्ने र कोभिड १९ को उपचारका लागि तोकिएको मेडिकल कलेजहरुमा आजसम्म भर्ना भइ उपचाररत संक्रमितहरुको आजका १० दिनसम्मको मात्रै नियमानुशारको शोधभर्ना उपलब्ध गराइनेछ ।’ उक्त निर्णयमा भनिएको छ ।

वि.सं.२०७७ माघ २९ बिहीवार ०९:४७ मा प्रकाशित






























