back
CTIZAN AD

सुरुङ प्वाल पारेर उद्धारको प्रयास

वि.सं.२०७७ माघ २९ बिहीवार

765 

shares

२९ माघ, तपोवन । भारतको उत्तराखण्डमा गत आइतबार गएको हिमपहिरोको कारण विद्युतगृहको सुरुङमा परेर फसेका व्यक्तिहरुको उद्धारको लागि सुरुङमा प्वाल पारेर उद्धारको प्रयास जारी राखिएको बिहीबार प्राप्त समाचारमा जनाइएको छ ।

उत्तरी भारतको उत्तराखण्डको तपोवनमा भएको क्षतिग्रस्त जलविद्युत प्लान्टमा आइतवारदेखि नै श्रमिकहरूले रातदिन ढुंगा र माटो सफा गर्दै आएका छन् ।

बिहीबारसम्म हिमपहिरोमा परेका ३४ जनाको शव भेटिएको छ । हिमपहिरोका कारण अरु १७० भन्दाबढी अझैपनि हराइरहेको अधिकारीले जानकारी दिएका छन् ।

बेपत्ता भएका अधिकांश व्यक्ति विद्युतगृहमा कार्यरत मजदुर रहेका छन् । सरकारी अधिकारीले बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धारकार्य जारी राखिएको पनि बताएका छन् ।

मृतक तथा बेपत्ता भएका भारतको उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बङ्गाल, बिहार, झारखण्डका रहेको जनाइएको छ । केही व्यक्ति भने नेपाली पनि हुन सक्ने अधिकारीको भनाइ छ । दुई ओटा जलविद्युत परियोजना बनाइरहेको ठाउँमा हिमपहिरो गएको हो । आइतबार आएको हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुल, सडक र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ ।

स्थानीयबासी ओम अग्रवालले तिब्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाइ छ ।

धेरै जना उद्धारकर्मी सोमबार बिहानैदेखि खटिएका छन् । राष्ट्रिय र राज्य उद्धार टोली, सेना र प्रहरीका टोली घटनास्थलमा खटिएका छन् ।

भारतीय अधिकारीले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको बताएका छन् । तर यो हिमताल बिस्फोट भएर हिमपहिरोमा परिणत भएको र त्यो नदीमा खसेको पाइएको छ ।

विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र विस्तारै सुक्दै गएका छन् भने जलविद्युत् निर्माणले पनि हिमपहिरो बढी नै जान थालेको विज्ञले औंल्याएका छन् । सन् २०१३ मा आएको बाढीले छ हजार व्यक्तिको ज्यान गएको थियो ।
सिन्ह्वा

वि.सं.२०७७ माघ २९ बिहीवार १६:३५ मा प्रकाशित

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा...

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

ब्रसेल्स ।  युरोपेली संघ ९ईयू०ले चीनमा निर्मित दुई लाखभन्दा बढी...