back
CTIZAN AD

रासायनिक मलको बिक्री प्रभावित

वि.सं.२०७७ माघ २९ बिहीवार

885 

shares

२९ माघ, वीरगञ्ज । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशीक कार्यालयसँग पर्याप्त मात्रामा युरिया मल भए पनि बेमौसम चलिरहेकाले यसको बिक्री प्रभावित भएको छ । शुरुशुरुमा गहुँ छर्ने समय भएकाले युरिया मलको अत्याधिक माग रहेको थियो । अहिले अफसिजन भएकाले उक्त मल बिक्री हुन नसकेको प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले राससलाई बताए ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सो कार्यालयले युरिया मल तीन हजार ६२७ दशमलव छ मेट्रिक टन, डिएपी दुई हजार २२८ दशमलव २५० मेट्रिक टन र पोटास ३५३ दशमलव ६५ मेट्रिक टन बिक्री गरेको भए पनि अहिले सो कार्यालयको गोदाममा युरिया दुई हजार मेट्रिक टन, डिएपी तीन हजार मेट्रिक टन र पोटास दुई हजार २०० मेट्रिक टन मौज्दात अवस्थामा रहेको सो कार्यालयले जनाएको छ ।

बङ्गलादेशबाट ल्याउने भनिएको युरिया मल फागुनको पहिलो हप्तासम्म नेपाल आइपुग्ने छ । त्यहाँबाट आउने ५० हजार मेट्रिक टन युरिया मलमध्ये २० हजार मेट्रिक टन मल वीरगञ्जका लागि आउने छन् । मल आउने क्रम जारी रहेकाले यसको अभाव नदेखिने भए पनि बेमौसम भएकाले मलको बिक्री भने सोचे जस्तो हुन नसकेको बताइएको छ ।

मल आयातका लागि सबै प्रक्रिया सकिएकाले आजदेखि बङ्गलादेशबाट मल बोकेका कन्टेनर नेपालका लागि छुट्ने छन् । पहिलो चरणमा २० हजार मेट्रिक टन प्याकिङ्ग गरिएको युरिया मल ल्याउन भारतीय भन्सारसँग प्रक्रिया मिलाउने काम भइरहेको सो कार्यालयले जनाएको छ ।

पहिलो खेपमा २० हजार मेट्रिक टन मल आउने र दोस्रो खेपमा बाँकी रहेको ३० हजार मेट्रिक टन मल आउने छ । नेपालले बङ्गलादेशबाट आजदेखि बङ्गलादेशको चट्टोग्रामबाट मल बङ्गला जलमार्गमार्फत जेश्वरफुल्ना, रोहनपुर सिंहबादहुँदै रेलमार्गमार्फत विराटनगर, वीरगञ्ज र भैरहवाका गोदाममा सो मल आउने बताइएको छ ।

उता तेस्रोमुलुक अमनबाट ३० हजार मेट्रिक टन युरिया मल नेपाल आउने क्रम जारी रहेको छ र त्यसमध्ये वीरगञ्जका लागि १२ हजार ५०० मेट्रिक टन, विराटनगरका लागि सात हजार ५०० मेट्रिक टन र भैरहवाका लागि १० हजार मेट्रिक टन हुनेछ। कार्यालयले पर्साका १४ स्थानीय तहमा रहेका ११९ वटा सहकारी संस्थामार्फत सो मल बिक्री गर्दै आएको छ ।
रासस

वि.सं.२०७७ माघ २९ बिहीवार १६:५४ मा प्रकाशित

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...