back
CTIZAN AD

नेतृ झाँक्रिलाई अविलम्ब रिहा गर्न नेपाली कांग्रेसको माग

वि.सं.२०७७ माघ २९ बिहीवार

792 

shares

२९ माघ, काठमाडौं । नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रिलाई अविलम्ब रिहागर्न माग गरेको छ ।

राष्ट्रपतिविरुद्द अभिव्यक्ति दिएको आरोपमा राज्युविरुद्धको कसुरमा पक्राउ परेकी नेतृ झाँक्रिको रिहाइको माग गर्दै संयमित अभिव्यक्ति दिन समेत सम्बन्धीत सबैमा कांग्रेसले आग्रह गरेको छ ।

पछिल्लो समय नेपाली राजनीतिमा बढ्दै गएको उत्तेजक अभिव्यक्ति र व्यवहारको शृंखलाप्रति चिन्ता व्यक्त गर्दै नेकपाका दुई समूहको नेतृत्व पंक्तिबाट व्यक्त हुँदै आएको कतिपय अभिव्यक्ति सभ्य र सुसंस्कृत समाज अनुकुल नभएको समेत कांग्रेसले ठहर गरेको छ ।

‘अहंकारयुक्त, अमर्यादित र अशोभनिय अभिव्यक्तिहरु जो जसबाट प्रकट भएका हुन् सबै आलोच्य छन् । यस्ता अभिव्यक्तिले त्यस्ता दल र व्यक्तिप्रति समाजमा नकारात्मक प्रभाव त पार्छ नै सिंगो राजनीतिप्रति वितृष्णा जन्माउन योगदान गर्दछ,’ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्धारा विहिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस संयमपूर्वक यसको समाधान पहिल्याउन अपिल गर्दै नेकपाकी नेतृ रामकुमारी झाँक्रिलाई अविलम्ब रिहा गर्न माग गर्दछ ।’

Image

वि.सं.२०७७ माघ २९ बिहीवार १८:१८ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...