back
CTIZAN AD

वालिङमा पहिलोपटक थाङ्का र पौभा कला प्रदर्शनी

वि.सं.२०७७ माघ ३० शुक्रवार

738 

shares

३० माघ, वालिङ । स्याङ्जाको वालिङमा नेपालको मौलिक कलाका रूपमा परिचित थाङ्का र पौभा कलाको प्रदर्शनी गरिएको छ । नेपालको हिमाली, पहाडी तथा काठमाडौँ उपत्यकाभित्र सिर्जना भएका थाङ्का र पौभा कलालाई नेपालभर चिनाउने, बुझाउने र यसको महत्वका बारेमा जानकारी गराउने मुख्य उद्देश्यले प्रदर्शनी गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँका परम्परागत शिल्पकला विभागका प्रमुख प्राज्ञ बुद्धिबहादुर गुरुङले बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान शिल्पकला विभागको आयोजनामा वालिङमा बुधबार र बिहीबार नेपाली कलाका दिवङ्गत तथा वर्तमानका चर्चित अग्रज तीन दर्जन बढी कलाकारका चित्रकला प्रदर्शनी गरिएको प्राज्ञ गुरुङले बताए । “कलाको विकासबिना समाज र राज्यको विकास हुन सक्दैन”, प्राज्ञ गुरुङले भने, “विकासको अनुभूति गर्न हामीले स्थानीय सङ्घसंस्थाको संयोजनमा उपत्यका बाहिर मोफसलमा पनि कलाको विकासमा जोड दिनका लागि प्रदर्शनी गरेका हौँ ।”

नेपालका सातवटै प्रदेशमा परम्परागत चित्रकला प्रदर्शनी तथा यसको प्रचारप्रसार गर्ने लक्ष्य राखेर अभियान थालिएको प्राज्ञ गुरुङले बताए । नेपालको हिमाली, पहाडी भागमा बसोबास गर्ने बौद्ध धर्मावलम्बी र काठमाडौँ उपत्यकामा बसोबास गर्ने हिन्दू एवं बौद्ध धर्म मान्ने नेवार समुदायले परम्परादेखि बनाउँदै आएको कलालाई उपत्यकामा मात्रै सीमित नाराखी यसलाई सातवटै प्रदेशमा पुर्याउने लक्ष्यअनुरुप गण्डकी प्रदेशको वालिङमा प्रदर्शनी गरिएको प्राज्ञ मानबहादुर दोङले बताए ।

“सीमित ठाउँमा मात्रै रहेको परम्परागत चित्रकला प्रदर्शनीलाई व्यापकताका लागि प्रतिष्ठान, केन्द्रीय, प्रदेश र स्थानीय सरकारले पहल लिनुपर्ने आवश्यकता छ”, प्राज्ञ दोङले भने, “उपत्यका बाहिर कला र यसको चेतनालाई गाउँगाउँमा पु¥याउनुपर्छ भन्ने लागेर देशभर प्रदर्शनीमा लागेका हौँ ।” गण्डकी प्रदेशको वालिङमा पहिलोपटक मौलिक पहिचान झल्कने परम्परागत चित्रकला प्रदर्शनीले थप ऊर्जा र यसको महत्वलाई अझै उचाइमा पुर्याएको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

“कला संस्कृति हाम्रा सभ्यता हुन्”, प्रमुख खाँणले भने, “परम्परागत कलालाई देशव्यापीरूपमा चिनाउन आगामी दिनमा नगरपालिकाले आवश्यक सहयोग गर्नेछ ।” कला र साहित्यको महत्व धेरै रहेको बताउँदै उनले समाज रूपान्तरणमा विशेष भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रशिक्षण तथा अन्तरक्रिर्यात्मकरूपमा दुई दिन सञ्चालन भएको प्रदर्शनीमा कलाकार, समाजसेवी, साहित्यकार, विद्यार्थीलगायतको सहभागिता थियो ।
रासस

वि.सं.२०७७ माघ ३० शुक्रवार १०:५६ मा प्रकाशित

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...