back
CTIZAN AD

एनआरएनए केन्याले बाड्यो नैरोबी बिमानस्थलमा मास्क

वि.सं.२०७७ माघ ३० शुक्रवार

618 

shares

नैरोबी, केन्या । गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्याले नैरोबि विमानस्थलको अध्यागमनमा विभागमा मास्क वितरण गरेको छ ।

एनआरइएनए केन्याको तर्फबाट संस्थापक अध्यक्ष कुल बहादुर कार्कीको नेतृत्वमा केन्याटा अन्तरराष्ट्रिय बिमानस्थलका अध्यागमन बिभागकि उपनिर्देशक श्रीमती एलीसेन्ट ओडिपो र निर्देशक एरीक रोटिचलाई दशहजार थान मास्क सहयोग स्वरुप हस्तान्तरण गरिएको छ ।
कोरोना महामारी रोकथाममा सहयोग पुर्याउने उद्देश्यले उक्त सानो सहयोग गरिएको मास्क वितरण कार्यक्रममा एनआरएनए केन्याका महासचिव टीका धिताल, पूर्बआइसीसी सदस्य यादब काफ्ले, पूर्बअध्यक्ष कृष्णदत्त भट्ट र कोषाध्यक्ष भरत रेग्मी उपस्थित रहेको थियो ।

केन्यामा रहेका नेपालीहरुको सहयोग प्राप्त गर्दै अध्यागमन निर्देशकले एनआरएनए केन्यालाई धन्यवाद दिदै कृतज्ञता व्यक्त गरेका थिए । संघका तर्फबाट सस्थापक अध्यक्ष कुलबहादुर कार्कीले मास्क किन्न सहयोग गर्ने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिदै भबिस्यमा पनि यस्तो सहयोग जारी राख्ने बिश्वास व्यक्त गरेका थिए ।

वि.सं.२०७७ माघ ३० शुक्रवार १०:४९ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...