back
CTIZAN AD

मिर्चैयाका ११ होटल तथा रेष्टुरेन्टले पाए गुणस्तरीयताको स्टिकर

वि.सं.२०७७ माघ ३० शुक्रवार

627 

shares

३० माघ, लहान । सिरहाको मिर्चैया नगरपालिका क्षेत्रका होटल तथा रेष्टुरेन्टको वर्गीकरण गरी खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस गरिएको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराजले मिर्चैयाका ११ होटल तथा रेष्टुरेन्टलाई खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस गरेको हो ।

मिर्चैया नगरपालिकाका उपप्रमुख जिवछीदेवी साहको नेतृत्वमा मिर्चैयास्थित ११ होटल तथा रेष्टुरेन्टको अनुगमनपश्चात स्तरीकरणको स्टिकर टाँस गरेको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराज सप्तरीका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए ।

अनुगमनका क्रममा एउटा होटललाई उत्तम वर्ग ख वर्गको स्टिकर टाँस गरिएको छ भने नौ होटल तथा रेष्टुरेन्टलाई सन्तोषजन वर्ग ग र एउटा होटललाई सामान्य वर्ग घ वर्गको स्टिकर टाँस गरेको प्रमुख सिंहले बताए । ती होटल र रेष्टुरेन्टका सञ्चालकलाई यसअघि खाद्य स्वच्छता र सरसफाइबारे आवश्यक तालिमसमेत दिएको थियो ।

सोहीअनुसार होटल तथा रेष्टुरेन्ट सञ्चालकले खाद्य स्वच्छता र सरसफाइ व्यवहारमा लागू गरे÷नगरेको जाँच गरेर स्तरीकरणको स्टिकर टाँस गरिएको प्रमुख सिंहको भनाइ छ । खाद्य स्वच्छता, सरसफाइ, भान्साघर, फोहरमैला व्यवस्थापनलगायतका विषयको स्थलगत अनुगमनपश्चात तत्कालै स्तरीकरणको स्टिकर टाँस गर्दै प्रमाणपत्रसमेत उपलब्ध गराएको प्रमुख सिंहले बताए ।

विभिन्न चार किसिमको स्तरीकरण कायम गरिएकामा ९० भन्दा बढी अङ्क ल्याउने होटल र रेष्टुरेन्टलाई अतिउत्तम क तथा ८० देखि ९० सम्म अङ्क ल्याउनेलाई उत्तम श्रेणी ख, ६५ देखि ७९ अङ्कसम्म ल्याउनेलाई सन्तोषजनक ग र ५० देखि ६४ अङ्क ल्याउनेलाई समान्य वर्ग घ गरी वर्गीकरण गरेर सोहीअनुसार होटल तथा रेष्टुरेन्टमा स्टिकर टाँसिएको छ ।

सामान्य स्टिकर पाएका होटल र रेष्टुरेन्टले छ महिनामा पनि सुधार नगरे स्तरीकरण लोगो खारेज गर्नुका साथै अन्य कारवाही प्रक्रिया अघि बढाइने निर्णय भएको प्रमुख सिंहले बताए । अनुगमन तथा स्तरोन्नति टोलीमा होटल व्यवसायी सङ्घका केन्द्रीय सदस्य रामकुमार गुप्ता, मिर्चैया उद्योग वाणिज्य सङ्घका सचिव भरत महासेठ, राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका अध्यक्ष रामानन्द गुप्तालगायतको सहभागिता थियो ।

मिस्टर एण्ड मिस सिरहा २०२१ को ताज चिराग र बन्जितालाई

मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ मा मिस्टर सिरहाको उपाधि चिराग शर्मा र मिस सिरहा उपाधि बन्जिता यादवले हात पारेका छन् । यस्तै लिटल मिस्टर सिरहा सारंस साह भएका छन् । सिरहाको लहानस्थित पशुपति सिनेमा हलमा सम्पन्न मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ को फाइनलमा आफ्ना १० प्रतिद्वन्द्वीलाई पछि पार्दै शर्माले मिस्टर सिरहाको उपाधि प्राप्त गर्दा बन्जिताले आफ्ना छ प्रतिद्वन्द्वीलाई पछि पारेर मिस सिरहाको ताज चुम्न सफल भएका हुन् ।

पी प्रोडक्शन नेपाल प्रालिको आयोजनामा सञ्चालन भएको “मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ को फाइनलमा सात युवती र ११ युवा गरी १८ प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए । मिस सिरहाको उपाधि जितेकी बन्जितालाई मिस ग्रान्ड नेपाल–२०१९ निशा पाठकले र मिस्टर सिरहा चिरागलाई कोरियोग्राफर प्रशान्त साहले ताज लगाए । सो अवसरमा मिस र मिस्टर सिरहालाई रु १५÷१५ हजार नगद, मोडिलिङ एग्रिमेन्ट, म्युजिक भिडियो गर्ने मौका, विभिन्न तालिमको अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फस्ट रनरअप रोमन परियार र रितिका शर्मा भएका छन् भने सेकेन्ड रनरअप दीपक रोय र पूर्णिमा यादव, मिस्टर टेन शुसान्त साह, भिउवर च्वाइस रीतिका शर्मा, अर्गनाइजर च्वाइस विनर जिवछ पासवान भएको आयोजकले जनाएको छ ।
रासस

वि.सं.२०७७ माघ ३० शुक्रवार ११:१६ मा प्रकाशित

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...