back
CTIZAN AD

महिला लघुवित्तको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन गर्ने त ?

वि.सं.२०७७ माघ ३० शुक्रवार

762 

shares

३० माघ, काठमाडौँ । महिला लघुवित्तले आजबाट सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्रीमा ल्याएको छ।

लघुवित्तले प्रतिशेयर १०० अंकित मूल्यका ४ करोड बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार कित्ता शेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ७५ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल रहेको छ।

कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओमा छिटोमा फागुन ५ गतेसम्ममा आवेदन दिन सकिनेछ भने त्यस अवधिसम्ममा पर्याप्त आवेदन नपरे फागुन १४ गतेसम्म म्याद थप गरिनेछ।

पछिल्लो समय आईपीओमा आवेदन दिनेको संख्या उच्च देखिएको छ। त्यस अनुसार यस संस्थाको आईपीओमा पनि १० कित्ता शेयरको लागि आवेदन गरे पुग्ने देखिन्छ।

कम्पनीको आईपीओमा आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयर वेब तथा एप मार्फत दिन सकिनेछ।

वि.सं.२०७७ माघ ३० शुक्रवार ११:०९ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...