back
CTIZAN AD

भारतीय बालुवा तस्कर र प्रहरीवीच झडप हुँदा शसस्त्र प्रहरीका तीन जवान घाईते

वि.सं.२०७७ माघ ३० शुक्रवार

807 

shares

३० माघ, काठमाडौं । भारतबाट नेपाल छिरेर बालुवा तस्कर गर्दै आएका तस्करी र प्रहरीवीच झडप हुँदा सशस्त्रका तीन प्रहरी घाईते भएका छन् ।

शुक्रबार बिहान पर्साको जीरा भवानी गाउँपालिका १ को ओरिया खोलाबाट बालुवा निकालेर लैजादै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने क्रममा भएको झडपमा शसस्त्र प्रहरी जवान आयुष राय यादव र महेश प्रसाद यादव गम्भीर भएका छन् । साथै अर्का प्रहरी जवान सुमन वस्तिको सेढवास्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जनाएका छन् ।

वस्ति सामान्य घाईते भएका थिए भने गम्भीर रहेका यादवद्धयको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको पनि उपरीक्षक खड्काले जानकारी दिएका छन् ।

बालुवा तस्करी गरिरहेको सूचना पाएपछि प्रहरी बोर्डर आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीबाट सशस्त्र प्रहरीको टोली विहानै त्यतातर्फ गएको थियो । त्यहि तस्कर र प्रहरीबीच झडप भएको थियो । प्रहरीले बालुवा लोड गरिएका ३ वटा भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा भारतको भंगाहा, इनर्वा र विसनपूर्वा गाउँबाट बेल्चा लठ्ठी र भाला बोकेर आएका भारतीय तस्करले आक्रमण गरेका थिए ।

वि.सं.२०७७ माघ ३० शुक्रवार १२:५४ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...