back
CTIZAN AD

नुवाकोटमा ‘भूकम्प स्मारक स्तम्भ’ निर्माण

वि.सं.२०७७ माघ ३० शुक्रवार

639 

shares

३० माघ, त्रिशूली । नुवाकोट उद्योग वाणिज्य सङ्घले विदुर नगरपालिका–२ स्थित वनदेवी मन्दिर परिसरमा निर्माण गरेको ‘भूकम्प स्मारक स्तम्भ’को उद्घाटन गरिएको छ ।

विसं २०७२ वैशाख १२ को भूकम्पको कम्पन र त्यसको परकम्पनबाट नुवाकोटमा ज्यान गुमाएका व्यक्तिको स्मृतिमा स्मारकको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बिहीबार उद्घाटन गर्दै भूकम्पको कारण नभई मानवीय कमजोर संरचनाको कारण जनधनको क्षति पुग्ने भएकाले भूकम्पपछिको पुनःनिर्माण तथा अब बन्ने संरचना मापदण्डअनुसार विपद प्रतिरोधि बनाउन आग्रह गरे ।

“भूकम्पपछिको पुनःनिर्माणमा केही लापर्बाही भएको तथा पुनःनिर्माणपश्चात् घरलाई पुनः कोठा र तला थपेर जोखिम बनाइएको छ ।” उनले भने, “आफ्नो ज्यान र सम्पत्तिको सुरक्षाका लागी लापरबाही नभई सजगता अपनाउनुपर्छ ।”

स्मारक स्तम्भ निर्माणको लागि आर्थिक सहयोग उपलब्ध गराएको कार्यक्रममा गोयन्का गु्रपका व्यवस्थापक अजय गोयन्काले व्यवसायका साथसाथै सामाजिक उत्तरदायित्व बहनको क्रममा भूकम्पमा परेर ज्यान गुमाएका व्यक्तिको स्मृतिमा स्मारक निर्माण गरेर सहयोग पु¥याएको बताए ।

दुई वर्षअघि शिलान्यास गरिएको सो स्तम्भ गोयन्का गु्रपको रु १० लाख लगानीमा निर्माण सम्पन्न गरिएको हो । स्तम्भ निर्माणको समन्वय तथा जिम्मेवारी बहन गरेको नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले व्यवसायी नाफाको लागि मात्र नभई सामाजिक उत्तरदायित्व, मानवीय पीडाको समयमा सहयोगीको रुपमा सहानुभूति समेत राख्न सकिने सन्देश दिएको बताए ।

भूकम्पमा परेर नुवाकोटमा एक हजार ११२ ले ज्यान गुमाएका थिए भने एक हजार ५० घाइते भएका थिए । असी हजारभन्दा बढी निजी आवाससहित जिल्लाका सबै ४५३ वटा विद्यालय, स्वास्थ्य संस्था, सरकारी तथा सामुदायिक भवनमा क्षति पुगेको थियो ।
रासस

वि.सं.२०७७ माघ ३० शुक्रवार १२:५७ मा प्रकाशित

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...