back
CTIZAN AD

कोरोनाले लघु तथा घरेलु उद्योग पूर्णरुपमा बन्द

वि.सं.२०७७ माघ ३० शुक्रवार

603 

shares

३० माघ, काठमाडौं । कोभिड–१९ का कारण अधिकांश लघु तथा घरेलु उद्योग पूर्णरुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयले सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनअनुसार ५४ प्रतिशत उद्योगको ५० प्रतिशत उत्पादन क्षमतामा गिरावट आएको, ३२ दशमलव ४३ प्रतिशत उद्योगको ७५ प्रतिशतसम्म उत्पादनमा गिरावट आएको, २३ दशमलव ५२ प्रतिशत लघु घरेलु उद्योगको उत्पादन क्षमतामा ७५ प्रतिशत घटेको छ ।

उक्त अध्यनमा गरगहना, रङरोगन, पेयपदार्थ, सिमेन्ट, तामा पित्तल भाडा, जलविद्युत् उत्पादन, हस्तकला, तयारी पोशाक, परामर्शलगायतका वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगलाई समावेश गरिएको थियो । अध्यनमा लघु तथा घरेलु उद्योग १७, साना उद्योग आठ, मझौला चार र ठूला आठ उद्योग गरी ३७ उद्योगलाई नमूना (स्याम्पल) को रूपमा रहेका थिए । प्रतिशतको आधारमा २२ प्रतिशत ठूला उद्योग, ४६ प्रतिशत लघु घरेलु उद्योग, ११ प्रतिशत मझौला उद्योग र २१ प्रतिशत साना उद्योग अध्ययनमा सहभागी थिए ।

यसैगरी अध्ययनमा सहभागी लघु तथा घरेलु उद्योगमध्ये ८२ दशमलव ३५ प्रतिशत उद्योगले कोभिड–१९ का कारण उत्पादनमा असर परेको, ७६ दशमलव ४७ प्रतिशतले कच्चा पदार्थ प्राप्ति गर्न कठिनाइ भएको र ८८ दशमलव २४ प्रतिशतले आफ्नो उत्पादनको बजारीकरण गर्न नसकेको बताएका थिए ।

यसैगरी, ८७ दशमलव पाँच प्रतिशत साना उद्योगको उत्पादनमा प्रत्यक्ष असर परेको तथा ७५ प्रतिशत कच्चा पदार्थ प्राप्त गर्न कठिनाइ भएको प्रतिक्रिया दिएका थिए । सतासी दशमलव पाँच प्रतिशत उद्योगले श्रमिकको परिचालन र उत्पादनको बजारीकरणमा असर परेको बताएका थिए । यस्तै अध्ययनमा सहभागी ५० प्रतिशत मझौला उद्योगले कच्चा पदार्थ प्राप्तिमा समस्या भएको, ७५ प्रतिशत उद्योगले श्रमिक परिचालनमा समस्या परेको बताएका थिए ।

ठूला उद्योगले भने कच्चा पदार्थको प्राप्ति, वस्तु तथा सेवाको उत्पादन, श्रमिक परिचालन तथा बजारीकरण सबै क्षेत्रमा असर परेको बताएका थिए । कोरोनाका कारण अधिकांश उद्योग नोक्सानमा रहेको तथा अध्ययनमा सहभागी उद्योगमध्ये १६ दशमलव २२ प्रतिशत मात्र नाफामा रहेको बताएका थिए । नाफामा रहेका उद्योगमध्ये ६६ दशमलव ६७ प्रतिशत ठूला उद्योग थिए ।

वि.सं.२०७७ माघ ३० शुक्रवार १४:०७ मा प्रकाशित

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...