back
CTIZAN AD

तपाईको आज शनिबारको राशिफल, हेर्नुहोस् आज कुन-कुन राशिकालाई छ त विशेष फाइदा ?

वि.सं.२०७७ फागुन १ शनिवार

651 

shares

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मिहिनेतअनुसार राम्रै परिणाम प्राप्त हुनेछ । आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ । थोरै लगानीबाट पनि लाभ उठाउन सकिनेछ । भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिसमेत अनुकूल बन्दै जानेछन् । तर, अधिक फलको आकांक्षाले समस्या समेत निम्त्याउन सक्छ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । समाजले पदीय दायित्व दिलाउन सक्छ । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित व्यक्तिहरू नजिकिन सक्छन् । काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ । कम महत्वका काममा अल्झनुपर्दा योजना समयमा सम्पादन नहुन सक्छ । स्वास्थ्यमा कमजोरी देखिनाले चिताएको काम रोकिएला । आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ । चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउला । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । सफलता भने न्यून मात्र हातलागी हुनेछ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अरूका काममा धेरै समय खर्चनुपर्ला । बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मन मिल्ने साथीसँग भेट हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ । विभिन्न सहयोग र उपहार हातलागी हुनेछ । रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त होला । प्रेम र मित्रताको बन्धन कसिने समय छ । टाढिएका साथीभाइ पनि नजिकिनेछन् ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । द्वेष गर्नेहरू स्वयं परास्त हुनेछन् ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसर जुटे पनि अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले निराश तुल्याउन सक्छ । अध्ययनमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन समय पर्खनुहोला । कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ । सन्तान वा अनुयायीले साथ दिनेछन् ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला । हडबड गर्नाले काम बिग्रन सक्छ । साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला । असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ । परिस्थिति अलि प्रतिकूल रहला । पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ । महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । आम्दानी बढ्नेछ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ । बोलीको भरमा काम सम्पादन हुनेछ । अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ । कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन् । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
सुन्दर पहिरनमा मन रमाउनेछ । आगन्तुकहरूकोे उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ । मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ । सानो प्रयासले नै काम बन्नेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन् । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । यात्रा गर्ने अवसर भने प्राप्त हुनेछ ।

०७७ फागुन १ गते शनिवार, (१३ फेब्रुअरी २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (शुक्रबार) को राशिफल भन्छ-आज यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा !

वि.सं.२०७७ फागुन १ शनिवार ०७:१८ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...